
जनकपुरधाम । धनुषा जिल्लालाई पुर्ण खोप सुनिश्चितता भएको जिल्लाको रुपमा घोषणा गरिएको छ ।
स्वास्थ्य कार्यालय धनुषाले बिहिवार आयोजना गरेको एक कार्यक्रम बीच धनुषालाई पुर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । धनुषा घोषणासँगै मधेश प्रदेशमा पुर्ण खोप सुनिश्चितता भएको जिल्लाको संख्या ६ पुगेको छ ।
यस अघि नै सप्तरी, सिरहा, सर्लाही, वारा र पर्सा पुर्ण खोप सुनिश्चतता भएको जिल्ला घोषणा भईसकेको छ । बाँकी रहेको महोत्तरी र रौतहट पनि दुई दिन भित्रै पुर्ण खोप सुनिश्चतता भएको जिल्लाको रुपमा घोषणा गर्ने तयारी भईरहेको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा सहभागि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंखया राज्यमन्त्री केशव रायले खोप लिने उमेर समुहका बालबालिकाहरूलाई रोगसँग लड्नका लागि समयमा खोप लगाउन आवश्यक रहेको बताए । पुर्ण खोप सुनिश्चितता घोषणा भएपछि त्यसलाई व्यवहारमा लागु गर्न कर्मचारीको भुमिका महत्वपुर्ण हुने उनले बताए ।
कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा.राजीव झाले मधेशमा सुगम भुभाग भएपनि विभिन्न कारणले पुर्ण खोप सुनिश्चितता घोषणा हुन ढिलाई भएको बताए ।
राष्ट्रिय खोप समितिका सदस्य डा.हुकुमदेव साहले पुर्ण खोप सुनिश्चितता जिल्ला भएसँगै यसलाई निरन्तरता दिनका लागि नयाँ जन्म लिने कुनै बालबालिकाहरू खोप लिनबाट बञ्चित नहोस् भन्नेतर्फ ध्यान दिन स्वास्थ्यकर्मीहरुसँग आग्रहा गरे ।
स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेशकुमार यादवले धनुषा जिल्लाका खोप लिने उमेर समुहका सबै बालबालिका पूर्ण खोप लिएपछि जिल्लालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिको बताए ।