LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज निर्माणमा युवाहरुको भूमिका महत्वपुर्ण रहहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा श्रीराम युवा कमिटीको नवनिर्मित राम व्यायामशालालाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले देश र समाजमा परिवर्तन ल्याउन युवा शक्तिको योगदान महत्वपुर्ण रहने गरेको बताए ।

अहिले धेरै युवाहरु कुलतमा फसेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले भने,‘ युवाहरुलाई कुलतबाट जोगाउन युवा क्लवहरु, खेलकुदलगायतका महत्वपुर्ण रहने गरेको छ । त्यसकारण प्रदेश सरकारले अगामी वर्षदेखि युवाहरुको बढी जोड दिएर कार्यक्रमहरु संचालन गर्छ ।’

मधेश प्रदेश सरकारको बजेटमा युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए । सरकारले अगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन तथा लागू औषधि दुव्र्ययसन न्यूनीकरण गर्न मधेश प्रदेशको ८ वटै जिल्लामा पुनस्थापना केन्द्र संचालनमा ल्याउने सरकारको तयारी रहेको मुख्यमन्त्री सिंहले बताए ।

खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने मुख्यमन्त्री सिंहको भनाई छ ।

स्वास्थ्य सेवालाई थप विस्तार गर्न नागरिक स्वस्थ रहनुपर्छ भन्ने मूल ध्येयले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी’’ नाराका साथ हरेक पालिकासँगको समन्वयमा नागरिक आरोग्य केन्द्रको स्थापना गरी स्वस्थ्य नागरिक समृद्ध प्रदेशको अभियान समेत संचालन गरिने उनले बताए ।

प्रदेश सरकारको २५ लाखको लागतमा निर्माण उक्त यायामशाला प्रदेश सरकारको २५ लाखको लागतमा निर्माण भएको श्रीराम युवा कमिटीको अध्यक्ष प्रमेश्वर साहले बताए ।

सम्बन्धित खबर