LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र क्रीएसन नेपालका प्रतिनिधिबिच मधेश केन्द्रित बहुआयामिक परियोजना संचालन गर्ने संबन्धमा गम्भीर छलफल भएको छ । सोमबार मुख्यमन्त्री निवास मधेश भवनमा दिपक्षिय छलफल भएको हो ।

मुख्यमन्त्री सिंहले क्रीएसन नेपालले अगाडि सारेको परियोजनाहरु मधेश प्रदेशको लागि अत्यन्त आबश्यक रहएको बताउँदै प्रदेश सरकारको तर्फबाट पुर्णसहयोग गर्ने बताए ।

मधेश योजना आयोगका उपाध्यक्ष डा। सोहन साहले क्रीएसन नेपालले अगाडि सारेका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तन, प्लास्टिकजनन्य फोहोरमैला ब्यबस्थापन, पर्यटन बिस्तार, मधेश लगानी सम्मेलन लगायतका तत्काल परिणाम दिन सक्ने परियोजना बारे गम्भीर छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

क्रीएसन नेपालको सचिव सुजाता कोइरालाको नेतृत्वमा आएको चार सदस्यीय टोलिले परियोजना बारे बिस्तृत प्रस्तुतीकरण गरेका थिए ।

सचिव कोइरालाले मधेश सरकारसंग दिगो सहकार्य गरि परिणाम ल्याउनका लागि क्रीएसन नेपाल नेतृत्व लिन तयार रहेको बताइन ।

छलफलमा क्रीएसन नेपालद्वारा संचालित ग्रीनशिप्ट परियोजनाका प्रमुख युनिश घिमिरे, क्याप परियोजनाका लिड उज्ज्वल उपाध्याय र मिडिया सल्लाहकार अनन्त अनुराग पनि सहभागी थिए ।

सम्बन्धित खबर