LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । मधेश प्रदेशकी गृह, संचार तथा कानुन मन्त्री बिमला अन्सारी, पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीसहितको टोलीले सर्लाहको डुबान क्षेत्रको अनुगमन तथा बाढी पीडितहरुसँग भेटघाट गरेका छन् ।

मनसुन सुरु भएसँगै मधेश प्रदेशमा भईरहेको अविरल वर्षाको कारण सर्लाहीको कौडेना गाउँपालिका स्थित लखनदेही नदीमा आएको बाढीले बाँध भत्काएपछि सयौ परिवार डुबानमा परि विस्थापित भएको खबर पाएपछि मन्त्री अन्सारीले सो क्षेत्रको अनुगमन तथा पीडितहरुसँग भेटघाट गरेकी हुन् ।


कौडेना गाउँपालिकाको सख्रौल, शिवनगर सहितको स्थानमा मन्त्री अन्सारीसहित नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष समेतका रहेका पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीसहितको टोलीले अनुगमन गरेका हुन् । पीडितहरुसगँको भेटमा मन्त्री अन्सारीले बाढी पीडितहरुको लागि तत्काल राहतको व्यवस्था गर्न प्रदेश सरकार तयारी थालेको बताईन ।


बाढी पहिरोको कारण वर्षेणी मधेश प्रदेशमा ठुलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै मन्त्री अन्सारीले यसलाई बाढी पहिरोबाट हुने क्षति न्युनिकरण गर्न प्रदेश सरकारले लागिरहेको बताईन ।

बाढी पीडितसँगको भेटमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले वर्षेणीले बाढी पहिरो ठुलो मात्रामा मधेशमा जनधनको क्षति हुने गरेकोले क्षति न्युनिकरण सरकारले ठोस योजना बनाएर अगाडी बढ्नुपर्ने बताए ।

 

सम्बन्धित खबर