LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम । मधेश प्रदेशकी गृह, संचार तथा कानुन मन्त्री बिमला अन्सारी, पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीसहितको टोलीले सर्लाहको डुबान क्षेत्रको अनुगमन तथा बाढी पीडितहरुसँग भेटघाट गरेका छन् ।

मनसुन सुरु भएसँगै मधेश प्रदेशमा भईरहेको अविरल वर्षाको कारण सर्लाहीको कौडेना गाउँपालिका स्थित लखनदेही नदीमा आएको बाढीले बाँध भत्काएपछि सयौ परिवार डुबानमा परि विस्थापित भएको खबर पाएपछि मन्त्री अन्सारीले सो क्षेत्रको अनुगमन तथा पीडितहरुसँग भेटघाट गरेकी हुन् ।


कौडेना गाउँपालिकाको सख्रौल, शिवनगर सहितको स्थानमा मन्त्री अन्सारीसहित नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष समेतका रहेका पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीसहितको टोलीले अनुगमन गरेका हुन् । पीडितहरुसगँको भेटमा मन्त्री अन्सारीले बाढी पीडितहरुको लागि तत्काल राहतको व्यवस्था गर्न प्रदेश सरकार तयारी थालेको बताईन ।


बाढी पहिरोको कारण वर्षेणी मधेश प्रदेशमा ठुलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै मन्त्री अन्सारीले यसलाई बाढी पहिरोबाट हुने क्षति न्युनिकरण गर्न प्रदेश सरकारले लागिरहेको बताईन ।

बाढी पीडितसँगको भेटमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले वर्षेणीले बाढी पहिरो ठुलो मात्रामा मधेशमा जनधनको क्षति हुने गरेकोले क्षति न्युनिकरण सरकारले ठोस योजना बनाएर अगाडी बढ्नुपर्ने बताए ।

 

सम्बन्धित खबर