LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सशस्त्र प्रहरी असई थमन विक हत्याको आरोप लागेका पुर्व प्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि कारागार पठाईएको छ ।
जिल्ला अदालत महोत्तरीलेका न्यायधिश फनेश्वरी घिमिरेको इजलासले पुर्व सासद यादवलाई असई विक हत्या प्रकरणा कर्तव्य ज्यान मुद्दामा पुर्व पक्षका लागि थुनामा र आगजनी मुद्दामा धरौटिमा माग गर्ने आदेश भएको छ ।

मधेश आन्दोलनको क्रममा महोत्तरीका कार्यरत रहेका सशस्त्र प्रहरी असई थमन विक.हत्या प्रकरणमा पुर्व सासद पनि मुछिएका थिए । सो प्रकरणमा जिल्ला अदालत महोत्तरीले लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्मा दोषि ठहर गरेपछि उनी अहिले फरार रहेका छन् ।

सशस्त्र असई विकको हत्या आरोपमा पुर्व सांसद यादवको हकमा मुद्दा मुल्तबीमा राखिएकोमा थियो । तर केहि दिन अघि पुर्व सासदलाई महोत्तरी प्रहरीले गाडीलाई ठकर दिएको घटनामा पक्राउ गरेपछि प्रहरीले यादवलाई अदालतमा हाजिर गरेका थिए । यादवलाई अदालतमा उपस्थित गराएपछि विक हत्याको मिसिल उच्च अदालत जनकपुरधामबाट झिकाएर मुल्तबी राखिएको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।

सोही बहसपछि अदालतले यादवलाई बुधवार पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।

तेस्रो मधेश आन्दोलनको क्रममा हत्या भएका असई थमन वि.क.को मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रदीप साह माझी र संजय कुमार साह सहित मोहन ठाकुर,जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख शङ्कर शाही भन्ने रामशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइसकेको छ ।

सम्बन्धित खबर