LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम । मधेश प्रदेश सरकारकी गृह संचार तथा कानुन मन्त्री बिमला अन्सारीले वर्षायाममा आउन सक्ने विपद्को जोखिमलाई न्युनिकरण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बुधवार गृह संचार तथा कानुन मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको मनसुनजन्य तथा आगलागीजन्य विपद् जोखिम न्युनिकरण सम्बन्धि प्रदेश स्तीय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अन्सारीले यस्तो निर्देशन दिएकी हुन् ।


मनसुन सुरु भई अविरल रुपमा प्रदेशभरि वर्षा भईरहेको उल्लेख गर्दै मन्त्री अन्सारीले भनिन्,‘ कति गाँउहरु डुबानमा परेको छ । कति जना विस्थापित समेत भएको खबरहरु आईरहेको छ । त्यसकारण वर्षायाममा हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न सुरक्षा निकाय र सरोकारवाला संघसंस्थाहरुलाई सक्रिय रहन मेरो अनुरोध छ ।’

वर्षायममा आउने सक्ने विपद्को जोखिमलाई न्युनिकरण गर्न प्रदेश सरकार गम्भिरतापुर्व लागेको उनले बताईन । डुबानमा परेको केहि स्थानहरुको आफु स्थलगत निरीक्षण समेत गरेको मन्त्री अन्सारीको भनाई थियो । गोष्ठिमा गृह संचार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, नेपाल रेडक्रस सोसाईटी जनकपुरका अध्यक्ष रामनरेश सिंहसहितले मन्वत राखेका थिए ।

सम्बन्धित खबर