LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेश सरकारकी गृह संचार तथा कानुन मन्त्री बिमला अन्सारीले वर्षायाममा आउन सक्ने विपद्को जोखिमलाई न्युनिकरण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बुधवार गृह संचार तथा कानुन मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको मनसुनजन्य तथा आगलागीजन्य विपद् जोखिम न्युनिकरण सम्बन्धि प्रदेश स्तीय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अन्सारीले यस्तो निर्देशन दिएकी हुन् ।


मनसुन सुरु भई अविरल रुपमा प्रदेशभरि वर्षा भईरहेको उल्लेख गर्दै मन्त्री अन्सारीले भनिन्,‘ कति गाँउहरु डुबानमा परेको छ । कति जना विस्थापित समेत भएको खबरहरु आईरहेको छ । त्यसकारण वर्षायाममा हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न सुरक्षा निकाय र सरोकारवाला संघसंस्थाहरुलाई सक्रिय रहन मेरो अनुरोध छ ।’

वर्षायममा आउने सक्ने विपद्को जोखिमलाई न्युनिकरण गर्न प्रदेश सरकार गम्भिरतापुर्व लागेको उनले बताईन । डुबानमा परेको केहि स्थानहरुको आफु स्थलगत निरीक्षण समेत गरेको मन्त्री अन्सारीको भनाई थियो । गोष्ठिमा गृह संचार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादव, नेपाल रेडक्रस सोसाईटी जनकपुरका अध्यक्ष रामनरेश सिंहसहितले मन्वत राखेका थिए ।

सम्बन्धित खबर