LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाका कलिम खानककी १० वर्षीया छोरी अजमेरी खातुन, हलिम खानकी ११ वर्षीया छोरी जिनत खातुन र अब्दुल खानकी ११ वर्षीया छोरी मुस्कान खातुन छन् ।

उनीहरु नुहानको लागि ११ बजे नै घरभन्दा केहि दुरीमा रहेको कलमा गएका थिए ।कलमा नुहाई धुवाई गरेपछि कल नजिकै रहेको घोघाउन पोखरीमा हाम फालेका थिए । धनौजि गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार पोखरीमा हाम फाले पछि पानीमै गोतिए ।

पोखरीको छेउमै रहेको बाटो भएर जादै गएका एक व्यक्तिले बालिकाहरु डुब्यो भनेर हल्ला गरेपछि स्थानीयहरुले उनीहरुलाई पानीबाट बाहिर निकालेका थिए ।

पोखरीबाट निकाले लगतै उनीहरुको अवस्था गम्भिर भएका थिए । पछि उपचारको लागि जनकपुर ल्याउदै गर्दा बाटोमा एक अजमेरीको मृत्यु भई सकेको थियो भने बाँकी दुई जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

मृतक तीनै जनाको शव पोस्टमाटको पश्चात परिवारजनको जिम्मा लगाउने उनले बताए ।

सम्बन्धित खबर