LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । केन्द्र सत्ता गठबन्धन फेरिएपनि मधेश प्रदेशका जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकार तत्काल निरन्तरता पाउने सम्भावनना देखिएको छ ।

केन्द्रमा काँग्रेस एमाले बीच नयाँ गठबन्धन बनेपछि भोली शनिवार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले लिने विश्वासको मत प्रभावित हुन सक्ने अनुमान गरिएको थियो । तर नेकपा एमाले शनिवार विश्वासको मत दिने बताएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भवाना देखिन्छ ।

एमालेका संसदीय दलका नेता तथा भौतिक पुर्वाधार मन्त्री सरोज यादवले मुख्यमन्त्री ंिसंहलाई विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए ।
केन्द्रमा नेपाली काँग्रेस र एमाले बीच आलोपालो संघीय सरकारको नेतृत्व लिने र पहिलो खेपको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिने तथा मधेश प्रदेश वाहेक बाँकी ६ प्रदेशमा ३÷३ प्रदेश काँग्रेस र एमाले भागवण्डा गर्ने र मधेशमा केन्द्रित दललाई नेतृत्व दिने गरि सहमति भएको थियो ।

सोही सहमति अनुसार जनमतका मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई भोलि एमालेसँगै नेपाली काँग्रेस र लोसपाले पनि विश्वासको मत दिने बताईएको छ । यद्यपि काँग्रेसका संसदीय दलका नेता कृष्णा प्रसाद यादवले अहिले सम्म विश्वासको मत दिने वा नदिने विषयमा कुनै निर्णय नभएको बताए ।
श्रोतका अनुसारको काँग्रेसको केन्द्रबाट मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिन निर्देशन आएको छ । सोही निर्देशन अनुसार शुक्रवार मुख्यमन्त्री सिंह, कृष्णा प्रसाद यादव र एमालेका संसदीय दलका नेता यादव बीच मन्त्रालय बाँडफाँड विषयमा समान्य छलफल भएको छ ।

श्रोतका अनुसारका बैठकमा काँग्रेस, एमाले र जनमत बीच मन्त्रालय बाडफाँडको विषयमा सहमति हुन सकेनन् । काँग्रेसले मागे जतिको मन्त्रालय दिने मुख्यमन्त्री सिंहले जवाफ फर्काएका थिए ।

प्रदेशको वर्तमान गठबन्धनमा रहेका रहेका माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्नमुक्ति पार्टीले पनि विश्वासको मत दिने बताईएको छ । यि पार्टीहरु अहिले सरकारमै छन् । माओवादीका संसदीय दलका नेता तथा अर्थमन्त्री भरत प्रसाद साहले आफुहरुले केन्द्रमा गठबन्ध फेरिपनि आफुहरुले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने बताए ।

तर उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भने विश्वासको त दिने वा नदिने विषयमा अहिले सम्म कुनै निर्णय गर्न सकेको छैन । हुन त नयाँ गठबन्धन बनेलगतै क उपेन्द्रले काँग्रेस एमालेको गठबन्धनले सहयोग मागेको खण्डमा दिने बताएका थिए ।

उपेन्द्रले काँग्रेस एमालेलाई सहयोग गरेर मधेश सरकारको नेतृत्व पुनः लिने दाउँमा थियो । तर एमाले र काँग्रेसले जनमतलाई तत्काल सरकारको नेतृत्व गर्न दिने बताएपछि उपेन्द्र अहिले सम्म कुनै निर्णयमा पुग्न नसकेको जसपाका एक प्रदेश साँसदले बताए ।

जसपाका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने वा नदिने विषयमा अहिले सम्म कुनै निर्णय नभएको बताए । उनले सो विषयमा शनिवार विहान १० बजे बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने बताए ।

सम्बन्धित खबर