LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष ०८०÷०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ गरेको छ ।

मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन गरी विभिन्न घटनाका ती फरार प्रतिवादी पक्राउ गरीएको जनाएका छन् ।
पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले ८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्नु नै गत आर्थिक वर्षको ठुलो उपलव्धि रहेको बताए ।

त्यसैगरी पत्रकार सम्मेलनमा भन्सार चोरी निकासीमा ९ करोड ५६ लाख ३ हजार भन्दा बढी रकम राजश्व संकलन गरिएको जानकारी समेत उनले दिए ।
प्रगति विवरण बारे जानकारी दिदैं प्रहरी उपरिक्षक तिवारीले अवैध लागुऔषध तर्फ गाँजा ६०७.३९९ किलो, ब्राउन सुगर १४१.४६ ग्राम,नाईट्राभेट ट्यावलेट ३ हजार २५८ पिस, सिमप्लेक्स ४९५ क्यापसुल, स्पलेन ३४ बोतल, पेण्डाजोल ईन्जेक्सन–२६ पिस, नूर्फिन ४९९ एनटिजेड, नाईट्राजेपाम–३५४० पिस, नाईट्रोसम–४७ पिस, कोडिवेल– २७ बोतल वरामद गरिएको बताए ।

यस्तै साइबर क्राइमतर्फ ३२० वटा निवेदन प्राप्तभएकोमा सम्बन्धित कार्यालयमा २७८ वटा कारवाहीका लागि पठाइएको छ भने ४० वटाको काम सम्पन्न भएको हो ।

अनुचित लेनदेन मिटरब्याजीतर्फ १ हजार १४५ वटा निवेदन दर्ता भएकोमा ६०२ वटाको मुद्दा फर्छौट भएको, २० वटा मुद्दा दर्ता भएको जानकारी दिदैं उनले २५ विग्घाभन्दा बढी जग्गा पिडितलाई फिर्ता गराइएको र २४ करोड ५९ लाखभन्दा बढी रकम साहु महाजनको असुल गराइएको बताए ।

सम्बन्धित खबर