LIVE
जनकपुरधाम मैथिली साहित्य महोत्सवको पाँँचौ संस्करण ५ फागुनदेखि | नेकपा एमालेका पुर्व दुई साँसदद्वारा पार्टि परित्याग | कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेश प्रदेश, सयमा २७.२८ अंक मात्रै | ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु | आफ्नैको चेपुवामा डा.सिके राउत, उपेन्द्रको उत्ताधिकारी उमेश बने मुख्य प्रतिस्पर्धि | नेपाल टिम इङ्गल्याण्डसँग ४ रङले पराजित | श्रीरामजानकी क्रिकेट रंशाला निर्माणलाई अगाडी बढाउने निधीको प्राथमिकता | | सप्तरीको रुपनीमा शंकास्पद वस्तु विस्फोृट हुदाँ ४ जना बालक घाईते | जिल्ला निर्वाचन कार्यालयको कडा निर्देशन आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजसम्म हुसक्छ |

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–५ स्थित भेरुखी माविमा लेखापालको लागि लिएको परीक्षा रद्द गरिएको छ ।

गत शनिवार भएको लेखापालको परीक्षा अगावै एक विद्यार्थीले प्रश्न पत्र पाएको घटना सार्वजनिक भएपछि परीक्षा रद्द गरिएको हो । सो विद्यालयको लेखापालको लागि सुचना आह्वान गर्दा ७ जनाले फारम भरेको थियो । तर परीक्षामा ५ जना मात्रै उपस्थित भएका थिए ।

एक परीक्षार्थिले आफु बस्ने बेन्चमै सोधिएको सबै प्रश्नको उत्तर लेखेको पाईएको पछि परीक्षार्थिहरुले लोहारपट्टी नगरपालिका शिक्षा संयोजक सुशिल कुमार यादवसँग सँग गुनासो गरेपछि संयोजक यादवले परीक्षा रद्द गराएका थिए ।

विद्यालयका प्रधानध्यापक रामकृष्ण मण्डलले नै परीक्षा हुनुभन्दा दुई अगाडी नै एक एक परीक्षार्थीसँग मोटो रकम लिए प्रश्नपत्र उपलब्ध गराएको एक परीक्षार्थिले आरोप लगाए । ‘प्रश्नपत्र एकदम गोप्य हुन्छ, प्रअ वा बनाउने व्यक्ति वाहेक कसैलाई थाहा हुदैन सोधिने प्रश्नहरु, उनले भने,‘ परीक्षा हुनु अगावै एक परीक्षार्थिले सोधिएका सम्पुर्ण प्रश्नको उत्तर बेन्चमै लेखर राखेको पाइयो । उनको मोबाईलमा पनि जस्ताको त्यस्तै प्रश्नपत्रको फोटो बरामद भयो । यसले के देखाउँछ भने परीक्षाको परिणाम आफ्नो पक्षमा पार्ने मोटो रकमको चलखेल भएको छ ।’
तर प्रअ मण्डलले आफुमाथि लगाएको आरोप निराधार र झुठो रहेको दावि गरे ।

परीक्षा नहुदै प्रश्नपत्र आउट भएको स्वीकार गर्दै उनले घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए । उनले घटना वारे अनुसन्धान भईरहेको बताए ।
यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. धिरेन्द्र कुमार साहले प्रशनपत्र बनाउने विज्ञहरु बाटै प्रश्नपत्र आउट भएको आफ्नो आशंका रहेको बताउँदै त्यसको छानबिन भईरहेको बताए ।

सम्बन्धित खबर