LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–५ स्थित भेरुखी माविमा लेखापालको लागि लिएको परीक्षा रद्द गरिएको छ ।

गत शनिवार भएको लेखापालको परीक्षा अगावै एक विद्यार्थीले प्रश्न पत्र पाएको घटना सार्वजनिक भएपछि परीक्षा रद्द गरिएको हो । सो विद्यालयको लेखापालको लागि सुचना आह्वान गर्दा ७ जनाले फारम भरेको थियो । तर परीक्षामा ५ जना मात्रै उपस्थित भएका थिए ।

एक परीक्षार्थिले आफु बस्ने बेन्चमै सोधिएको सबै प्रश्नको उत्तर लेखेको पाईएको पछि परीक्षार्थिहरुले लोहारपट्टी नगरपालिका शिक्षा संयोजक सुशिल कुमार यादवसँग सँग गुनासो गरेपछि संयोजक यादवले परीक्षा रद्द गराएका थिए ।

विद्यालयका प्रधानध्यापक रामकृष्ण मण्डलले नै परीक्षा हुनुभन्दा दुई अगाडी नै एक एक परीक्षार्थीसँग मोटो रकम लिए प्रश्नपत्र उपलब्ध गराएको एक परीक्षार्थिले आरोप लगाए । ‘प्रश्नपत्र एकदम गोप्य हुन्छ, प्रअ वा बनाउने व्यक्ति वाहेक कसैलाई थाहा हुदैन सोधिने प्रश्नहरु, उनले भने,‘ परीक्षा हुनु अगावै एक परीक्षार्थिले सोधिएका सम्पुर्ण प्रश्नको उत्तर बेन्चमै लेखर राखेको पाइयो । उनको मोबाईलमा पनि जस्ताको त्यस्तै प्रश्नपत्रको फोटो बरामद भयो । यसले के देखाउँछ भने परीक्षाको परिणाम आफ्नो पक्षमा पार्ने मोटो रकमको चलखेल भएको छ ।’
तर प्रअ मण्डलले आफुमाथि लगाएको आरोप निराधार र झुठो रहेको दावि गरे ।

परीक्षा नहुदै प्रश्नपत्र आउट भएको स्वीकार गर्दै उनले घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए । उनले घटना वारे अनुसन्धान भईरहेको बताए ।
यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. धिरेन्द्र कुमार साहले प्रशनपत्र बनाउने विज्ञहरु बाटै प्रश्नपत्र आउट भएको आफ्नो आशंका रहेको बताउँदै त्यसको छानबिन भईरहेको बताए ।

सम्बन्धित खबर