LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । गत आर्थिक वर्ष २०८०÷०८१ मा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट १ अर्व ४८ करोड राजस्व संकलन गरेको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख कार्यालय जनकपुरधामका अनुसार गत आर्थिक वर्षमा प्रदेशका ८ वटै जिल्लाबाट भन्सार छलि गरि ल्याएका मालसमान पक्राउ गरि १ अर्व ४७ करोड ९८ लाख ४२ हजार राजस्व संकलन भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरिक्षक सुभाष चन्द बेहराका अनुसार गत आर्थिक वर्षकामा सप्तरीबाट २ करोड ५० लाख रूपैयॉ राजस्व संकलन गरिएको छ । त्यसैगरि, सिरहाबाट २ करोड ९३ लाख,धनुषाबाट ९ करोड ५७ लाख र मोहतरीबाट ८ करोड ६४ लाख रूपैयॉ राजस्व संकलन गरिएको छ ।

त्यसैगरि सरलाहीबाट ८ करोड १६ लाख,रौतहटबाट ५ करोड २२ लाख, बाराबाट ५७ करोड ४० लाख र पर्साबाट ५३ करोड ४६ लाख रूपैयॉ संकलन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गत वर्षको तुलनामा यस वर्ष भन्सार छलेर भित्रयाइको समानबाट ५३ करोड बढी राजस्व संकलन गरिएको छ । प्रदेश भरिका सिमा नाकाहरू व्यापक कडाईका कारण भन्सार छलेर लयाइएको समानबाट उक्त परिणाममा राजस्व संकलन गरिएको उपरिक्षक बेहराले बताए ।

सम्बन्धित खबर