LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कमला नदीको वरिपरि रहेको झण्डै सात हजार विघा बगरको जग्गालाई प्रयोगममा ल्याउने बनाएका छन् ।

विहिवार कमला नदीको बगर क्षेत्रको अनुगमन पश्चात आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री सिंहले बगरमा कृषिको अपार सम्भावा रहेकोले सा जग्गलाई सदुपयोग गर्न ल्याउनुपर्ने बताए । बगर क्षेत्रमा माछापालन, गाई भैसी तथा बाख्रा पालन, तरकारी खेती तथा अन्य वाली लगाउने सकिने बताउँदै मुख्यमन्त्री सिंहले भने,‘ ‘यो जमिनमा के कस्ता खेती गर्न सकिन्छ ? सो विषयमा विज्ञहरुसँग सल्लाह लिई त्यसको डीपीआर तयार गरि जग्गालाई सदुपयोगमा ल्याउने काम अगाडी बढाउँछौ ।’

स्थानीयवासी सँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले भने,‘ विगतका सरकारहरुले कमलाको बगर सदुपयोगमा ल्याउछु भनेर धेरै आश्वास दिएको होलान तर म केहि महिनामा सबैले देख्ने गरि कामलाई अगाडी बढाउँछौ ।’ प्रदेश सरकारले आफ्नो लगानी गरेर सो जग्गालाई सदुपयोगमा ल्याउने उदेश्यले आफुले अनुगमन गरेको मुख्यमन्त्री सिंहको भनाई थियो ।

कमलाको कगरमा ताल बनाइयो भने वाटर लेभल पनि बढ्ने र माछा पालन पनि हुने बताउँदै उनले भने,‘ बगरको क्षेत्र कम्ति होईन, सात हजार विघा हो । त्यसकारण बगर खेती योग्य जमिनको सदुपयोग गर्न अपरिहार्य छ । यसका लागि स्थानीय पालिका तथा सरोकारवाला निकायसाग आवश्यक समन्वय गरेर कार्यलाई अगाडी बढाँउछौ ।’

सम्बन्धित खबर