LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कमला नदीको वरिपरि रहेको झण्डै सात हजार विघा बगरको जग्गालाई प्रयोगममा ल्याउने बनाएका छन् ।

विहिवार कमला नदीको बगर क्षेत्रको अनुगमन पश्चात आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री सिंहले बगरमा कृषिको अपार सम्भावा रहेकोले सा जग्गलाई सदुपयोग गर्न ल्याउनुपर्ने बताए । बगर क्षेत्रमा माछापालन, गाई भैसी तथा बाख्रा पालन, तरकारी खेती तथा अन्य वाली लगाउने सकिने बताउँदै मुख्यमन्त्री सिंहले भने,‘ ‘यो जमिनमा के कस्ता खेती गर्न सकिन्छ ? सो विषयमा विज्ञहरुसँग सल्लाह लिई त्यसको डीपीआर तयार गरि जग्गालाई सदुपयोगमा ल्याउने काम अगाडी बढाउँछौ ।’

स्थानीयवासी सँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले भने,‘ विगतका सरकारहरुले कमलाको बगर सदुपयोगमा ल्याउछु भनेर धेरै आश्वास दिएको होलान तर म केहि महिनामा सबैले देख्ने गरि कामलाई अगाडी बढाउँछौ ।’ प्रदेश सरकारले आफ्नो लगानी गरेर सो जग्गालाई सदुपयोगमा ल्याउने उदेश्यले आफुले अनुगमन गरेको मुख्यमन्त्री सिंहको भनाई थियो ।

कमलाको कगरमा ताल बनाइयो भने वाटर लेभल पनि बढ्ने र माछा पालन पनि हुने बताउँदै उनले भने,‘ बगरको क्षेत्र कम्ति होईन, सात हजार विघा हो । त्यसकारण बगर खेती योग्य जमिनको सदुपयोग गर्न अपरिहार्य छ । यसका लागि स्थानीय पालिका तथा सरोकारवाला निकायसाग आवश्यक समन्वय गरेर कार्यलाई अगाडी बढाँउछौ ।’

सम्बन्धित खबर