LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । सप्ताहदेखि बन्द रहेको जानकी आँखा अस्पतालको उपचार आईतवारदेखि सुचारु भएको छ ।

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगुवाई आन्दोलनरत पक्ष र अस्पताल व्यवस्थापन समिति बीच सहमति पश्चात अस्पतालको सेवा सुचारु भएको हो । विभिन्न ६ सुत्रिय माग लिएर जानकी आँखा अस्पताल संघर्ष समितिले प्रशासन कक्षमा तालाबन्दी गरि अस्पताल परिसरमै धर्ना दिदै आएका थिए ।

यता, अस्पताल व्यवस्थापन समितिले मेडिकल डाईरेक्टरसहित केहि कर्मचारी कुटपिट भएको भन्दै अस्पताल सेवा नै ठप्प गरेका थिए ।
सप्ताहदेखि अस्पताल बन्दका विरामिहरु उपचार नपाई रितै हात फर्कनु वाध्यता तथा अन्दोलनरत पक्षले प्रदेश सरकारलाई आग्रहा गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले दुबै पक्षलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा तत्काल अस्पतालको बन्द रहेको सेवा सुचारु गर्ने, आन्दोलनरत पक्षले प्रशासनिक कक्षमा लगाइएको ताला खोलिने, कार्यबाट हटाएका चिकित्सकलाई यथावत कार्य गर्न दिने तथा अस्पतालमा भएका अनियमितताको छाबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको नेतृत्वको ५ सदस्य उच्च स्तरीय छानबिन समिति गठन गरिने र उक्त समितिले १५ दिनमा प्रतिवेदन बुझाउने तथा छानबिनमा भष्टाचार पाईएको खण्डामा कारर्वाही हुने सहमिति भएको सर्वदलीय मन्त्री सिंहले जानकारी दिए ।

करिव ४० वर्ष पुरानो जानकी आँखा अस्पतालमा नेपालको मात्र नभई भारत विहार, उत्तर प्रदेश सहितका राज्यहरुबाट विरामीहरु पनि उपचारका आउने गरेको बताउँदै मन्त्री सिंहले भने,‘ यो प्रदेशको गौरवको अस्पतालमा हो । यसमा विवाद गरेर प्रदेशको बदनामी हुने भएकोले प्रदेश सरकारले चासो लिएको छ ।’

नेपाल रेड क्रस सोसाईटी धनुषाद्वारा संचालित यस अस्पतालमा व्यवस्थापन समिति भित्रैका विवादले उग्र रुप लिएपछि नागरिक समाजा तथा विभिन्न पार्टीहरुले चासो लिएका थिए ।
अस्पतालको व्यवस्थापन समितिकाका कोषाध्यक्ष धिरेन्द्र मोहन झाले समितिका अध्यक्ष नरेश प्रसाद सिंहले अस्पतालको करोडौ रुपैयाँ भष्टाचार गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो । उक्त विवाद उग्र रुप लिएपछि नागरिक समाज तथा विभिन्न पार्टीका प्रतिनिधिहरु अगाडी आएका छन् ।

पुर्व स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवको नेतृत्वको सर्वदलीय सर्वपक्षिय संघर्ष समिति नै गठन गरिएको छ । संघर्ष समितिका संयोजक सिंहले प्रदेश सरकारले पहलमा सहमति भएपछि आफुहरुले तत्कालको लागि धर्ना स्थगित गरेको बताए ।

सम्बन्धित खबर