LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । पुर्व भुमि सुधार राज्यमन्त्री रामचन्द्र रायको हत्याको संलग्न रहेको आरोपमा दुई जना पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले ७ साउनमा हत्या भएका पुर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । राज्यमन्त्री रायको हत्याको आरोपमा उनकै घरमा काम गर्ने सर्लाही कविलासी नगरपालिकाका–१ कविलिसी २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका –१ रत्नपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरेको छ । राम उजैन राय पुर्व राज्यमन्त्री रायका भान्से हुन् भने विरेन्द्र रायलाई म्यानेजर हुन् ।

पक्राउ परेका दुवै जनाले योजना बनाएर पुर्व राज्यमन्त्री रायको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए । म्यानेजर विरेन्द्र राय र पुर्व राज्यमन्त्री राय बीच जग्गाको विवाद रहेको थियो । सो विवादको कारण विरेन्द्रले राज उजैन रायलाई २ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

राम उजैन रायले घटनाको ढाकछोप गर्न वाहिरबाट तीन जनाको समुहमा आएका व्यक्तिहरुले आफुलाई कुटपिट गरि पुर्व राज्यमन्त्री रायलाई हत्या गरेको भनेर हल्ला फैलाएका थिए । तर अनुसन्धानमा रामउजैनले नै घरेलु हतियार खुकरी प्रयोग गरि हत्या गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले दावि गरे ।
यता, दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।

सम्बन्धित खबर