LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । पुर्व भुमि सुधार राज्यमन्त्री रामचन्द्र रायको हत्याको संलग्न रहेको आरोपमा दुई जना पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले ७ साउनमा हत्या भएका पुर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । राज्यमन्त्री रायको हत्याको आरोपमा उनकै घरमा काम गर्ने सर्लाही कविलासी नगरपालिकाका–१ कविलिसी २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका –१ रत्नपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरेको छ । राम उजैन राय पुर्व राज्यमन्त्री रायका भान्से हुन् भने विरेन्द्र रायलाई म्यानेजर हुन् ।

पक्राउ परेका दुवै जनाले योजना बनाएर पुर्व राज्यमन्त्री रायको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए । म्यानेजर विरेन्द्र राय र पुर्व राज्यमन्त्री राय बीच जग्गाको विवाद रहेको थियो । सो विवादको कारण विरेन्द्रले राज उजैन रायलाई २ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

राम उजैन रायले घटनाको ढाकछोप गर्न वाहिरबाट तीन जनाको समुहमा आएका व्यक्तिहरुले आफुलाई कुटपिट गरि पुर्व राज्यमन्त्री रायलाई हत्या गरेको भनेर हल्ला फैलाएका थिए । तर अनुसन्धानमा रामउजैनले नै घरेलु हतियार खुकरी प्रयोग गरि हत्या गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले दावि गरे ।
यता, दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।

सम्बन्धित खबर