LIVE
मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! | एकमहिना नपुग्दै ढल्यो सोनल सरकार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल विश्वासको मत आज लिदै | कमला नदीको देव मेलाः आस्थासँगै पर्यटन र व्यापार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल २२ कार्तिकमा विश्वासको मत लिने | माओवादी केन्द्र संसदीय दलका नेतामा पुनः साह | जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न |

जनकपुरधाम । धनुषामा एक पुरुषलाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका–२, मङ्गलपुरमा सोमवार धारिलो हतियार प्रहारबाट स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या गरिएको छ । पुरानो रिसवीका कारण ठाकुरलाई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

ठाकुर हत्याको आरोपमा प्रहरीले स्थानीय सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रवक्ता अवाका अनुसार हत्या गरिएका ठाकुर र पक्राउ परेकाहरु बीच सोमवार पनि झगडा भएको थियो ।
सोही झगडाको क्रममा अर्को समुहद्वारा ठाकुरमाथि धारिलो हतियार प्रहार भएको थियो । झगडाको कारण अहिले सम्म नखुलेको उनले बताए ।

ठाकुरको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा राखिएको छ भने घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता अवाले बताए ।

सम्बन्धित खबर