LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषामा एक पुरुषलाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ ।
जिल्लाको धनुषाधाम नगरपालिका–२, मङ्गलपुरमा सोमवार धारिलो हतियार प्रहारबाट स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या गरिएको छ । पुरानो रिसवीका कारण ठाकुरलाई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

ठाकुर हत्याको आरोपमा प्रहरीले स्थानीय सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रवक्ता अवाका अनुसार हत्या गरिएका ठाकुर र पक्राउ परेकाहरु बीच सोमवार पनि झगडा भएको थियो ।
सोही झगडाको क्रममा अर्को समुहद्वारा ठाकुरमाथि धारिलो हतियार प्रहार भएको थियो । झगडाको कारण अहिले सम्म नखुलेको उनले बताए ।

ठाकुरको शव पोस्टमाटमको लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा राखिएको छ भने घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता अवाले बताए ।

सम्बन्धित खबर