
जनकपुरधाम । सोमवार हत्या भएका धनुषाका भोगेन्द्र ठाकुरको शवलाई आज स्थानीय प्रशसानसँग भएको सहमति पश्चात दाहसंस्कार गरिएको छ ।
आज जिल्ला प्रशासन कार्यालय धनुषामा भएको छलफलमै स्थानीय प्रशसान र आन्दोलनरत पक्ष बीच ८ बुँदे सहमति भएपछि ठाकुरको शवलाई दाहसंस्कार गरिएको हो । सहमति पत्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवा र मिटरब्याजी विरुद्ध संघर्ष समितिका अध्यक्ष मनोज पासवानले हस्ताक्षर गरेका छन् ।
साहुकार शिवजी यादवलाई पक्राउ गरि ठाकुरको आफन्तजनले दिने जाहेरीमा घटनाको अनुसन्धान गरि कारर्वाही गर्ने, ठाकुरको शहिद घोषणा गराउनको लागि गृह मन्त्रालयलाई पत्रचार गर्ने, ठाकुरी श्रीमति श्यामु देवि ठाकुरको निःशुल्क उपचार तथा रोजगारी दिने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा,ठाकुरको किरिया खर्च तत्कालन दिने तथा मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने लगायतको सहमति भएको मिटर व्याजी विरुद्ध संघर्ष समितिका केन्द्रिय सदस्य मोजिम राईनले बताए ।
सहमति पश्चात आफुहरुको आन्दोलन स्थगित भएको बताउँदै उनले आजै ठाकुरको जन्मस्थल जिल्लाको धनुषाधाम नगरपालिका–२ मंगलपुरमा दाहसंस्कार गरिएको उनले बताए । गत सोमवार दिउँसो जिल्लाको धनुषाधाम नगरपालिका–२, मङ्गलपुरका ४५ वर्षिय भोगेन्द्र ठाकुर र उनकी श्रीमति श्यामु देवि ठाकुर र छिमेकी सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखिया बीच झण्डामा भएको थियो ।
झगडाको क्रममा मुखिया पक्षले कोदालो र फलामको डण्डीले प्रहार गर्दा भोगेन्द्रको घटना स्थलमै मृत्यु भएको थियो भने उनकी श्रीमति श्यामु गम्भिर घाईते भएकी थिईन । प्रहरीले ठाकुर हत्याको आरोपमा प्रहरीले स्थानीय सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिएको छ ।
उक्त घटनालाई लिएर मिटरब्याजी विरुद्धको संघर्ष समितिले आन्दोलनमा उत्रेको थियो । उनीहरुले स्थानीय साहुकार शिवजी यादवको योजनामा ठाकुरको हत्या भएको आरोप लगाउँदै आन्दोलित भएका छन् ।
उनीहरुले शव आफ्नो नियन्त्रणमा मंगलवारदेखि स्थानीय स्र्वद्वारीमा धर्ना दिएका थिए भने बिहिवार शवसहित जनकपुरधाममा प्रदर्शन गरेका थिए । उनीहरुले साहुकार शिवजी यादवलाई पक्राउ नगरिए सम्म शवको दाहसंस्कार गर्ने अडानमा रहेका थिए । साहुकार शिवजी अहिले फरार रहेका छन् ।