LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशको साक्षरता बढाउन विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुलाई स्वयमसेवकको रुपमा परिचालन गर्ने बताएका छन् ।

प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने बताउँदै मुख्यमन्त्री सिंहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या रहेकोले प्रदेश सरकारले साक्षरता स्तर बढाउन यस्ता कार्यक्रम संचालन गर्ने तयारीमा रहेको बताए । अशिक्षाको कारण प्रदेशमा गरीबी र पछ्यौटेपन उच्च रहेको बताउँदै मुख्यमन्त्री सिंहले साक्षरताको अवस्थामा सुधार ल्याउन विश्वविद्यालयहरूसँग साक्षरतासम्बन्धी कार्यक्रमका लागि साझेदारी गर्ने विषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘छिटोभन्दा छिटो प्रतिफल लिेगरी साक्षरता अभियानलाई तीव्र तथा सघन बनाउन ठूलो जनशक्तिको आवश्यकता हुन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका छात्रछात्रालाई प्रशिक्षित तुल्याएर यसलाई सम्भव बनाउन सकिन्छ भन्ने कोणबाट कुराकानी भइरहेको छ ।’

मुख्यमन्त्री सिँहले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर यादवलगायतका विश्विविद्यालयका अन्य पदाधिकारीसँग सो विषयमा कुराकानी समेत गरेका छन् । कुराकानीमा प्रदेशका आठवटै जिल्लामा विश्वविद्यालयका कलेज विस्तार गर्ने विषयसँगै साक्षरता अभियानमा विद्यार्थी स्वयंसेवक परिचालनबारे चर्चा भएको छ ।

विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले साक्षरता अभियानमा विश्विद्यालयका विद्यार्थीलाई दसैँ बिदा वा पुसमाघको जाडो बिदामा उपयोग गर्न सकिने विषयमा छलफल भएको बताए । उपकुलपति यादवले सबै तहका विद्यार्थीबाट साक्षर प्रदेश बनाउने अभियानमा योगदान लिन सकिने उल्लेख गरे ।

पाठ्यक्रममै राखेर वा शिक्षासम्बद्ध अन्य संस्थासँग समन्वय गरी प्रमाणपत्र समेत दिनेगरी विश्विद्यालयका विद्यार्थीको योगदान साक्षरतालगायत शैक्षिक अभियानका लागि सुनिश्चित गर्न सकिने पनि उनले बताए । उपकुलपति यादवले साक्षरता अभियानमा सहभागिताले समुदायसँग विद्यार्थीको निकटता र अनुभव बढाउने टिप्पणी गरे ।

मुख्यमन्त्री सिँहले साक्षरता अभियानमा सजिलोगरी अक्षर र अर्थ चिन्नेबुझ्ने समझ विकसित गर्ने सफ्टवेयर प्रयोग गरिने पनि उल्लेख गरे । विश्वविद्यालयका स्वयंसेवक विद्यार्थीहरूले अपठितहरूलाई साक्षर बनाउन प्रयोग गर्ने सफ्टवेयर लाभग्राहीसमेतलाई उपलब्ध गराउनेगरी कार्ययोजना बनाइने पनि उल्लेख गरे ।

पछिल्लोे जनगणनाअनुसार मधेश प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता दर ६३ दशमलव ५ प्रतिशत छ । तथ्याङ्कअनसार देशमैै सबैभन्दा कम साक्षरता भएका मधेश प्रदेशकै चारवटा जिल्लाहरू रौतहट, महोत्तरी, सर्लाही र बारा छन् ।

नेपालमा पाँच वर्षमाथिका निरक्षर जनताको सँख्या ६३ दशमलव पाँच प्रतिशत छ । जसमा महिलाको हिस्सा ठूलो छ । मधेश प्रदेशका पाँच वर्षमाथिका महिलातर्फ ५ वर्षमाथिका २३ लाख ५९ हजार ७३१ जनसंख्या मध्ये १७ लाख ३७ हजार ४६९ निरक्षर छन भने पाँच वर्षमाथिका २२ लाख १८ हजार ७०९ पुरुषको जनसंख्या मध्ये ३ लाख ३ हजार ६४ निरक्षर छन् ।

सम्बन्धित खबर