LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या मुद्दामा बुधबार उच्च अदालत जनकपुरले विज्ञ बोलाउन आदेश गरेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको इजलासले विकको पोष्टमार्टमको विषयमा स्पष्ट गर्न विज्ञलाई बोलाउन आदेश गरेको हो ।

२८ मंसिर २०८० मा विक हत्या प्रकरणसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पाटी ९लोसपा० संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जिल्ला अदालत महोत्तरीले जन्मकैद सजाय सुनाएको थियो । यस्तै नेकपा एमालेका नेता लक्ष्मी महतो कोइरी र पवन कापडलाई सफाइ दिएको थियो ।

 

सोही मुद्दामा जन्मकैदका सजाय पाएका शर्मासहितले समयभित्र पुनरावेदन नगरेपछि उच्च अदालत जनकपुरधामले मुद्दाको साधक सुनवाइ गरेको छ । जन्मकैद तथा २० वर्ष वा २० वर्षभन्दा माथिको सजाय पाएको मुद्दामा साधक सुनवाइ गर्ने कानुनी प्रावधान रहेको छ ।

सम्बन्धित खबर