LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले २० सदस्यीय मन्त्रिपरिषद बनाएको विरोध गर्दै जनता समाजवादी पार्टी(जसपा) नेपालका युवा संघ र विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ ।

मुख्यमन्त्री सिंहले जम्बो मन्त्रिपरिषद बनाएर विकास निर्माणको भन्दा राज्यको भुकुटी मन्त्रिहरुको सेवासुविधामा खर्च गरिरहेको आरोप लगाउदै जसपाका समाजवादी युवा संघ र विद्यार्थी समाजवादी युनियनले संयुक्त रुपमा कुर्सीसहित जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । मुख्यमन्त्री सिंहले आफ्ना सत्ता लम्बयाउन केन्द्र सरकारकै हराहारी अकारको मन्त्रिपरिषद बनाएको उनीको आरोप छ ।

मंगलवार मुख्यमन्त्री सिंहले मंगलवार सत्तासहयोगि विभिन्न दलबाट ५ जना राज्यमन्त्री थप गरेपछि २० सदस्यीय मन्त्रिपरिषद बनाएको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषदमा जनमतबाट मुख्यमन्त्रीसहित दुई मन्त्रि र दुई राज्यमन्त्री गरि ५, एमालेबाट ४ मन्त्रि र ३ राज्यमन्त्रीगरि ७, काँग्रेस ४ मन्त्रि र २ राज्यमन्त्री गरि ६ र लोसपा १ मन्त्री र १ राज्यमन्त्री गरि २ जना सदस्य रहेका छन् ।

 

सम्बन्धित खबर