
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले २० सदस्यीय मन्त्रिपरिषद बनाएको विरोध गर्दै जनता समाजवादी पार्टी(जसपा) नेपालका युवा संघ र विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ ।
मुख्यमन्त्री सिंहले जम्बो मन्त्रिपरिषद बनाएर विकास निर्माणको भन्दा राज्यको भुकुटी मन्त्रिहरुको सेवासुविधामा खर्च गरिरहेको आरोप लगाउदै जसपाका समाजवादी युवा संघ र विद्यार्थी समाजवादी युनियनले संयुक्त रुपमा कुर्सीसहित जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । मुख्यमन्त्री सिंहले आफ्ना सत्ता लम्बयाउन केन्द्र सरकारकै हराहारी अकारको मन्त्रिपरिषद बनाएको उनीको आरोप छ ।
मंगलवार मुख्यमन्त्री सिंहले मंगलवार सत्तासहयोगि विभिन्न दलबाट ५ जना राज्यमन्त्री थप गरेपछि २० सदस्यीय मन्त्रिपरिषद बनाएको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषदमा जनमतबाट मुख्यमन्त्रीसहित दुई मन्त्रि र दुई राज्यमन्त्री गरि ५, एमालेबाट ४ मन्त्रि र ३ राज्यमन्त्रीगरि ७, काँग्रेस ४ मन्त्रि र २ राज्यमन्त्री गरि ६ र लोसपा १ मन्त्री र १ राज्यमन्त्री गरि २ जना सदस्य रहेका छन् ।