LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । प्रदेश जनस्वाथ्य प्रयोगशाला जनकपुरधाममा कार्यालय प्रमुखलाई लिएर विवाद चुलिएको छ ।

प्रयोगशाला प्रमुख डा.श्रवण कुमार मिश्रको कोशि प्रदेशमा सरुवा भएको भन्दै मुख्यमन्त्री कार्यालयले सोही कार्यालयमा ९ औ तहमा कार्यरत रहेका मृत्युन्जय प्रसादलाई नियमित कार्यलय प्रमुखको जिम्मेवारी तोकिएको थियो । तर संघीय सरकारको ११ औ तहका कर्मचारी रहेको डा.मिश्रले भने सरुवा भएपनि कानुनले दिएको अधिकार अनुसार आफु २१ दिन भित्रमा बरबुजारत गरेपछि मात्रै रमाना लिने भनेपछि विवाद सुरु भएको थियो ।

प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेलले २४ घण्टाभित्रै सरुवा भएको ठाउँमा जानुपर्ने भन्दै डा.मिश्रलाई परिपत्र गरेपछि विवाद झन बढेको थियो । डा.मिश्रले बरबुझारथ नै नगरि जान नसक्ने र कानुन अनुसार आफु २१ दिन बस्न सक्ने अधिकार रहेको भन्दै अडान लिएपछि प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र सोही मन्त्रालयका सचिव डा.प्रमोद यादवले कार्यालयको निरीक्षण गर्दै मृत्युन्जय प्रसादलाई हाजिर गराएका छन् ।

मन्त्री सिंहले भने कार्यालयको निमित प्रमुखको जिम्मेवारी पाएका प्रसादलाई कार्यालयमा हाजिर गर्न कार्यालयकै कार्मचारीले अवरोध गरेको तथा सेवाग्राहीहरुको सेवा प्रभावित भएकोले सुचारु गराउन आएको दावि गरे ।

यता, सोही कार्यालय मातहत रहेर प्रदेशका १ सय ३६ वटै पालिकामा ल्याबमा कार्यरत रहेका कर्मचारीहरुले भने आफुहरुको करार अवधि समाप्त भईसकेको र नयाँ आएको प्रमुखले आफुहरुके करार सम्झौता थप गराउन आफुहरु कार्यालय आएको उनीहरुले बताए । कारारमा कार्यरत रहेका पालिकास्तरका ल्याबका कर्मचारीहरुलाई जनताको सेवा दिन मन्त्री सिंहले निर्देशन पनि दिए ।

आईतवार कार्यालय परिसरमै पत्रकार सम्मेलन गरि डा.मिश्रले भने,‘सरकारको कर्मचारी भएपछि विभिन्न ठाउँमा सरुवा हुनु स्वाभाविक हो । तर कानुनले दिएको २१ दिनको बरबुजारतको अधिकार पनि खोसिन खोज्दै छ ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४ वर्षमा गरको उपलब्धिको सार्वजनिक गर्दै डा.मिश्रले भने,‘ म आफ्नो कार्यकालमा यो प्रयोगशालाई देशको नमुना प्रयोगशाला बनाए, यस्तो जिल्ला÷जिल्ला तथा १ सय ३६ वटै पालिका सम्म यसको सेवाहरु विस्तार गरे । नेपालमै कहि नहुने जाँच गर्न सक्ने बनाए, यो प्रयोगशाला राष्ट्रिय स्तरको प्रयोगशाला हो । तर यसलाई कमजोर बनाउन बाहिर ल्याब संचालन गरेका हाम्रै कार्यालयक केहि कर्मचारी र वाहिरका केहि ल्याब संचालकहरुले विभिन्न षडयन्त्र गरिरहेको छ ।’

प्रयोगशाला संचालनमा आएदेखि ३ लाखभन्दा बढी व्यक्तिलाई सेवा दिएको बताउँदै उनले भने,‘ वाहिर हुने जाँज हामी एकदम कम शुल्क लिएर उत्कृष्टि जाँच गर्छौ । जाँच सेवा राम्रो र विश्वसनिय भएकोले दैनिक २ हजार मान्छेहरु विभिन्न जाँजको लागि आउनेगर्छन् । यसले गर्दा वाहिरका केहि ल्याबको कारोवार नै ठप्प भएपछि उनीहरु हाम्रो विरुद्धमा लागेका छन् ।’

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २८७ र स्थानीय तहमा खोलिएको स्वास्थ्य ल्याबहरुको जाँच ५० किसिमको जाँच हुने गरेको उनले बताए ।

सम्बन्धित खबर