LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति तथा पुर्वमन्त्री वीरेन्द्रप्रसाद सिँहले मधेश सरकारले राजनीतिक नियुक्ति मनोमानि गरेको आरोप आरोप लगाएका छन् ।
गठबन्धनको सरकार रहेको भएपनि मुख्यमन्त्री सतिश कुमार सिंहले गठबन्धन सरकारको मान्यता, व्यवहार र अभ्यास विपरीत आफ्नो मनोमानी ढंगले कुनै पनि राजनीतिक नियुक्ति गरे आफुहरुलाई स्वीकार्य नहुने बताए ।

रौतहट सदरमुकाम गौरमा मंगलबार आयोजित एक कार्यक्रममा उपसभापति सिँहले सरकारमा सहभागी दलहरूबीच सहमति नगरीकनै प्रदेश लोकसेवा आयोगका अध्यक्ष र एमालेबाट नीति तथा योजना आयोगका दुई सदस्यमा नियुक्ति गराएकोमा आपत्ति व्यक्त गरे ।

‘प्रदेशमा १७ वटा जिम्मेवारीका लागि राजनीतिक नियुक्ति हुन्छ । त्यसमा नियुक्ति गर्नुपुर्व गठबन्धन दलहरूबीच सहमति गरेर मात्र अघि बढाउन पर्छ’ उनले भने ।

मधेश प्रदेशको मिडिया काउन्सिलको अध्यक्ष नियुक्तिमा नेकपा एमालेले कुनै पनि किसिमको सहमति नगरीकन सीधै सिफारिस गर्न लागेको जानकारी आफूले प्राप्त गरेको र गठबन्धनमा सहभागी कुनै पनि दल त्यसअनुसार अघि बढ्नु दुर्भाग्यपूर्ण हुने उनले बताए ।

उपसभापति सिँहले दलीय सहमति भनेको अमुक दलका व्यक्ति नभएर निश्चित दलका संस्थागत निर्णयलाई मान्नुपर्ने पनि बताए ।

 

सम्बन्धित खबर