LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

आलीया/ जकपुरधाम
नेपाल सरकारको गृहमन्त्री रमेश लेखक भोली विहिवार विहानै मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।
गृहमन्त्री लेखकको धनुषा र सिरहा जिल्लाको विभिन्न स्थानहरुमा भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार भोली बिहिवार विहान सावा ८ बजे बिमानले जनकपुरधाम पुग्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा स्व. प्रदीप गिरीको दोश्रो बार्षिकी कार्यक्रममा सहभागी हुने, जिल्ला सुरक्षा समिति सिरहा पदाधिकारीहरु संग अन्तरक्रिया गरी निर्देशन दिइनेछ । सिहारबाट गृहमन्त्री लेखक जनकपुरधाम फर्केर रात्री विश्राम गरिने नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।

भदौं ७ गते शुक्रबार विहान गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुको साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिने उनले भने ।

सोही समयमा नेपाली काँग्रेसका पदाधिकारीहरु संग पनि वृहत छलफल गरेर मधेश प्रदेशमा नेपाली काँग्रेसलाई जनताको विश्वास जित्ने रणनीतिहरु तय गरिने समेत प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए । गृहमन्त्री जनकपुरधाम आउने भएपछि जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित खबर