LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

आलीया/ जकपुरधाम
नेपाल सरकारको गृहमन्त्री रमेश लेखक भोली विहिवार विहानै मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।
गृहमन्त्री लेखकको धनुषा र सिरहा जिल्लाको विभिन्न स्थानहरुमा भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार भोली बिहिवार विहान सावा ८ बजे बिमानले जनकपुरधाम पुग्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा स्व. प्रदीप गिरीको दोश्रो बार्षिकी कार्यक्रममा सहभागी हुने, जिल्ला सुरक्षा समिति सिरहा पदाधिकारीहरु संग अन्तरक्रिया गरी निर्देशन दिइनेछ । सिहारबाट गृहमन्त्री लेखक जनकपुरधाम फर्केर रात्री विश्राम गरिने नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।

भदौं ७ गते शुक्रबार विहान गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुको साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिने उनले भने ।

सोही समयमा नेपाली काँग्रेसका पदाधिकारीहरु संग पनि वृहत छलफल गरेर मधेश प्रदेशमा नेपाली काँग्रेसलाई जनताको विश्वास जित्ने रणनीतिहरु तय गरिने समेत प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए । गृहमन्त्री जनकपुरधाम आउने भएपछि जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित खबर