LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा नयाँ पुल माग्दै युवाहरुले सुरु गरेको आमरण अनसन आज तेस्रो दिनपनि जारी रहेको छ ।

कमला नदिमा पुल नहुदाँ सानो दुरीको यात्रा तय गर्न लामो बाटो प्रयोग गर्नुेपर्ने वाध्यता रहेको भन्दै सिरहा जिल्लाका १० जना युवाहरु जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेका छन् । अनशनका बसेका १० जना मध्ये ७ जनाको स्वास्थ्यमा समस्या देखिएको छ ।

अनसन कार्यक्रमका संयोजक ईन्जिनियर प्रविण यादव, सिरहा नगरपालिका –४ का वडा अध्यक्ष मोहम्मद शमसाद, औरही गाउँपालिका –३ का वडा अध्यक्ष जीवछ यादव, सोही गाउँपालिका –४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादव, सिरहा नगरपालिका –८ का वडा सदस्य ईन्जिनियर रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव र ईन्जिनियर शिवशंकर यादवको स्वास्थ्यमा समस्यादेखि प्छि स्लाइन लगाइएको छ ।

शारीरिक रुपले कमजोर भएका अनसनकारीहरुको स्वास्थ्यमा थप समस्या आउन नदिन तत्काल स्लाइन लगाइएको जनाइएको छ । विगतका निर्माण गरिएको कमला पुल उद्घाटनको हुन एक सप्ताह मात्र बाँकी रहेको अवस्थामा भत्केका थिए । उक्त पुलको डिजाईनमा मै समस्या रहेको र त्यो पुललाई मर्मत गरेपनि त्यो लामो समय नचल्ने भन्दै उनीहरुले नयाँ पुल निर्माण हुनुपर्ने माग गरेको छ ।

यता,कमला पुल निर्माणको लागि थाली आमरण अनशनप्रति समर्थन जनाउँदै सिरहामा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । त्यसैगरि, सिरहाका नागरिक समाजले पनि आमरण अनशनप्रति समर्थन जनाउँदै शुक्रवार सिरहा बजार बन्द गर्ने घोषणा गरेको छ ।

सम्बन्धित खबर