LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम ।  धनुषाका सहगामी फाउण्डेशले सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर उकास्ने उदेश्यले विद्यालय झोला वित्तरण गरेको छ ।

बिहिवार फाउण्डेशनले धनुषाको मिथिलाविहारी नगरपालिका–१ भुतहीपर्टर्वा स्थित महरानी माई आधारभूत विद्यालयमा अध्ययनरत गरिब विपन्न १ सय २५ विद्यार्थीलाई झोला वितरण गरेका छन् ।

फाउण्डेशनका सचिव डा.अजय कुमार शाहको अध्यक्षता तथा सो वडाका वडाध्यक्ष रामसोभित दाहाको प्रमुख आतिथ्यमा झोला वितरण गरिएको हो । फाउण्डेशले प्रत्येक वर्ष सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक विकासका लागि विभिन्न शैक्षिक सामग्रीहरु वित्तरण गर्दै आएको स्थानीयवासी समेत रहेका सचिव डा. शाहले बताए ।

फाउण्डेशनले अगामी सप्ताहमा जिल्लाको सबैला नगरपालिकाको सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिने योजना रहेपनि अहिले सम्म विद्यालयको नाम छनौट गर्न नसकिएको सचिव डा. शाहले जानकारी दिए ।

झोला वितरण कार्यक्रममा फाउण्डेशनका सचिव डा.शाहका बुवा तथा समाजसेवी विक्रम प्रसाद साह, विद्यालयका प्रधानाध्यापक पशुपति ठाकुरसहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर