LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम ।  धनुषाका सहगामी फाउण्डेशले सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर उकास्ने उदेश्यले विद्यालय झोला वित्तरण गरेको छ ।

बिहिवार फाउण्डेशनले धनुषाको मिथिलाविहारी नगरपालिका–१ भुतहीपर्टर्वा स्थित महरानी माई आधारभूत विद्यालयमा अध्ययनरत गरिब विपन्न १ सय २५ विद्यार्थीलाई झोला वितरण गरेका छन् ।

फाउण्डेशनका सचिव डा.अजय कुमार शाहको अध्यक्षता तथा सो वडाका वडाध्यक्ष रामसोभित दाहाको प्रमुख आतिथ्यमा झोला वितरण गरिएको हो । फाउण्डेशले प्रत्येक वर्ष सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक विकासका लागि विभिन्न शैक्षिक सामग्रीहरु वित्तरण गर्दै आएको स्थानीयवासी समेत रहेका सचिव डा. शाहले बताए ।

फाउण्डेशनले अगामी सप्ताहमा जिल्लाको सबैला नगरपालिकाको सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिने योजना रहेपनि अहिले सम्म विद्यालयको नाम छनौट गर्न नसकिएको सचिव डा. शाहले जानकारी दिए ।

झोला वितरण कार्यक्रममा फाउण्डेशनका सचिव डा.शाहका बुवा तथा समाजसेवी विक्रम प्रसाद साह, विद्यालयका प्रधानाध्यापक पशुपति ठाकुरसहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर