LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । राष्ट्रिय मुक्ति क्रान्तिले आफ्ना सदस्य राजिव झालाई गाली गलौज गरेको भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई कारबाहीको माग गरेको छ ।

रामुक्राका संयोजक राजेन्द्र महतोले प्रेस विज्ञप्ती जारी गर्दै झालाई गाली गलौज तथा थुनिदिने धम्की दिने अधिकारीलाई कारर्वाही हुनुपर्ने माग गरेको छ ।
धनुषा जिल्ला निवासी संजिव झाको काम नगरी मालपोत कार्यालय प्रमुखले सात महिनादेखि आजभोली भन्दै कार्यालय धाउन बाध्य पारेको र रामुक्रा सदस्य झाले कुरा गर्दा मालपोत प्रमुखले आफुलाई सरुवा गरिदिन अटेर कुरा गरेको आरोप विज्ञप्तीमा उल्लेख छ ।

‘आम जनताको काम समयमा भए नभएको अनुगमन गर्ने जिम्मा पाएका व्यक्तिले एकतर्फी कुरा सुनेर सेवाग्राही र आमजनताको पक्षमा बोल्ने राजनीतिकर्मीलाई प्रमुख जिल्ला अधिकारीले तानाशाही प्रवृति देखाई ‘थुन्दिन्छु’ भन्नु गैर जिम्मेवार कार्य हो’ महतोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
महतोले सिडिओलाई संविधानले नचिन्ने निकाय भनेर उल्लेख गरेका छन् । ‘संविधानले नचिन्ने सिडिओद्वारा आमजनतालाई संविधानद्वारा प्रदत अधिकारलाई कुण्ठित पार्ने प्रमुख जिल्ला अधिकारी रामु राज कडरियालाई तत्काल छानबीन गरी कारबाही गर्न सम्बन्धित माथिल्लो निकायलाई आग्रह गर्न चाहन्छौं’ विज्ञप्तीमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी कडरियाले भने रामुक्रा नेता झाले अनावश्यक कुरा गरेर आफुमाथि खन्निएको गुनासो गरेका छन् ।

‘नेता झाले कानुनी रुपमा नगर्ने काम गर्न मालपोतका कार्यालय धनुषाका हाकिमलाई धम्काउने, थकारउने गरेको थियो । शुक्रावार झाले आफ्ना दुई केटा पठाएर मालपोतको हाकिम बस्ने कोठाको चुकुल बाहिरबाटै लगाएर थुन्ने काम गरे । पछि त्यहाँ प्रहरी पुगेर उहाँलाई मेरो कार्यकक्ष ल्याए,उनले अगाडी भने,‘मालपोतका हाकिम वृद्ध मान्छे हो । उहाँले मेरो कोठामा आएर भक्कानी भने झाले आफुलाई २४ घण्टा भित्र सरुवा गरिदिन्छु भनेर धम्काउने तर्साउने काम गरे ।’

उनले अगाडी भने,‘त्यसपछि मैले राजिवजीलाई फोन गरि कहाँ हुनुन्छ भनेर सोधेपछि आफु काठमाण्डौमा रहेको बताउँनुभयो । मैले कुनै राष्ट्रसेवक कर्मचारीलाई कानुन रुपमा गर्न नसकिने काम गर्न दवाव दिने, २४ घण्टा भित्र सरुवा गराईदिन्छु, गालीगलौज गर्नु हुन्छ यस्तो गर्नुभयो भने हामी पनि त २४ घण्टा भित्र तपाईलाई थुन्न सक्छौ भनेर भनेको हो ।’

नेता झाले गर्न भनेको काम तैनाथी गुठीको जग्गा सम्बन्धि छ, प्रमुख जिल्ला अधिकारी कडरियाले भने,‘ म आफै सो विषयमा जनकपुरका गुठी संस्थाका हाकिमसँग गरे । तर उहाँले पनि यो कानुन सम्वत काम छैन भनेपछि मलपोतका हाकिमले काम गर्ने कुरै भएन ।’

 

सम्बन्धित खबर