LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामको पुरानो श्री याज्ञवल्क्य संस्कृत माविको छात्रावास भवनको उद्घाटन गरेका छन् ।
मंगलवार एक कार्यक्रम बीच मुख्यमन्त्री सिंह, शिक्षा तथा सास्कृति मन्त्री रानी शर्मा तिवारीले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार विकासको प्रति गम्भिर रहेको बताए ।

सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले मधेशका थोरै सामुदायिक विद्यालय मध्येमा ज्ञानकुपले शिक्षाको गुणस्तरमा ध्यान दिएको बताए ।

संघीय सरकराले शिक्षा निती नल्याउदाँ शिक्षा क्षेत्रको अवस्था निकै दयनिय रहेको बताउँदै मुख्यमन्त्री सिंहले चाँडै नै शिक्षा निती ल्याएर प्रदेशको शिक्षा अवस्थालाई सुधार गर्ने बताए ।

श्री याज्ञवल्क्य संस्कृत माविको प्रधानध्यापक संजय कुमार झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनकपुरधाम उपहनगरपालिका ८ का वडाध्यक्ष दिनेश सिंह,जनमत पार्टीका केन्द्रिय सदस्य साविर राईन, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रदेश सरकारको लगानीमो करिव ५० लाखको लागतमा उक्त तीन कोठे छात्रावास भवन निर्माण गरिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित खबर