LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । लामो समयदेखि संचालनको पखाईमा रहेको धनुषाको सहिदनगर नगरपालिकास्थित डुमरियामा निर्माण गरिएको सहिद सूर्यनाथ राना स्मृति अस्पताल संचालन हुने भएको छ । मधेश प्रदेश सरकारले अस्पताल निर्माणको १४ वर्षपछि आफ्नो स्वामित्वमा लिएर उक्त अस्पताललको संचालनको तयारी थालेको हो ।

हुनत कोभिड १९को महामारी रहेको बेला तत्कालिन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले उक्त अस्पताल संचालनको प्रयास गरेका थिए । तत्कालिन समाजिक विकास मन्त्री नवल किशोर साह सुडीले अस्पतालका लगि अवश्यक मेसिन, बेड सहितका समानहरु समेत खरिद गरेका थिए । तर चिकित्सक व्यवस्थापन नहुदाँ ति २०७९ सालको चुनावको राउत नेतृत्वको सरकार परिवर्तन भई जनता समाजवादी पार्टी नेपालका सरोज यादव नेतृत्वको सरकरले सो विषय अगाडी बढाउन सकेनन् ।

अहिले जनमत पार्टी नेतृत्वको सरकारले उक्त कार्यलाई अगाडी बढाएको छ । मुख्यमन्त्री सतिस सिंहले उक्त अस्पताल संचालनमा ल्याउने तयारी गरेका छन् ।
मुख्यमन्त्री सिंहका अनुसार, अस्पतालको भौतिक संरचना तयार भएको १४ वर्षपछि यसलाई सञ्चालनमा ल्याउन लागिएको हो । स्थानीय बासिन्दाले अस्पताल अभावका कारण धेरै सास्ती खेप्नु परिरहेको गुनासो गर्दै आएका थिए । यसलाई ध्यानमा राख्दै प्रदेश सरकारले अस्पतालको अवलोकन गरेको थियो । अवलोकनपछि अस्पताल सञ्चालनले जनतालाई राहत दिने निष्कर्ष निकालेर सरकारको मातहतमा ल्याउने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री सिंहले जानकारी दिए अनुसार, सहिद सूर्यनाथ राना स्मृति अस्पतालसँगै धनुषा, पर्साको पोखरिया अस्पताल, सप्तरीको सहिद राजीव रामकृष्ण प्रादेशिक अस्पताल, र सर्लाहीको बैजनाथ आमा तथा बाल अस्पताललाई प्रदेश सरकारको मातहत राखेर सञ्चालन गरिनेछ ।
मन्त्रीपरिषद्बाट यी चारै अस्पताललाई ५० शय्याका रुपमा सञ्चालनको अनुमति दिने निर्णय भइसकेको छ ।सहिद सूर्यनाथ राना स्मृति अस्पताल एक महिनाभित्र सेवा दिन सुरु गर्नेगरी काम अघि बढाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

सम्बन्धित खबर