LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले अव वडा तहबाटै इन्जियिनरहरुको दरबन्दी दिनुपर्ने बताएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औँ केन्द्रीय कार्यकारिणी समिति र मधेश प्रदेशको तेस्रो कार्यकारिणी समितिको निर्वाचनका लागि इन्जिनियर्स जनमत युनियन, रिन तथा पिन गठबन्धनद्वारा सोमबार साँझ जनकपुरधाममा आयोजित एक कार्यक्रममा अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

‘सडक, ढल, विद्यालय, सामुदायिक भवन, नक्साङ्कन लगायत धेरै काम वडामा नै छन् । हरेक वडामा एउटा इन्जिनियरको नियुक्ति आवश्यक छ,’ डा.राउतले भने, ‘इन्जिनियर नहुँदा बनाइएका संरचनाका कारण बाढी आउँदा घरभित्रमै पानी पस्छ ।’ अध्यक्ष डा.राउतले मन्त्रालयका बजेट बनाउने, बजेट इन्ट्री गर्ने र लगत इस्टिमेट गर्ने काम इन्जिनियरले नै गर्ने हुँदा इन्जिनियरहरू एकढिक्का हुँदा देशमा समानान्तर सरकार चलाउन सक्ने बताए ।

नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) को चुनावमा इन्जिनियर्स जनमत युनियन (इजु) सहितको गठबन्धन जिताउनुपर्नेमा जोड दिए ।
‘सहभागिता, नेतृत्व र अधिकारका कुरा मधेशीले गर्दा इन्जिनियर तथा डाक्टरमा मधेशीको सँख्या बढी भएको भन्नेहरुलाई चुनाव जितेर त्यसको जवाफ दिनुपर्ने उनले बताए । डाक्टर र इन्जिनियरहरूमा मधेशी बढी भएकाले अर्थोक बन्न नहुने भाष्य बनाइएका बेला एनईएमा इजु, पिन र रिन गठबन्धनको जितलाई आत्मसम्मानको विषयका रूपमा लिनुपर्ने उनले उल्लेख गरे । डा.राउतले एनईएमा प्रतिनिधित्वको कुरा मधेशी इन्जिनियरका लागि चुनौती रहेको पनि प्रस्ट्याए ।

डाँडाकाँडामा ट्वाइलेट, ब्लक बनाउने इन्जिनियर मतदानका बेला चासो नलिँदा र निर्वाचनका लागि नउत्रिँदा अधिकार माग्नु नै व्यर्थ भएको भन्दै उनले एनईएमा हिस्सा लिन जुनसुकै ठाउँमा भए र काम गरे पनि इजु, पिन र रिन गठबन्धनलाई मत दिन आह्वान गरे ।
अध्यक्ष डा.राउतले देश बनाउने दुरदृष्टि इन्जिनियरसँगै भएकाले देशमाथि इन्जिनियरको कब्जाका लागि पनि इजु, पिन र रिन गठबन्धनका पक्षमा मतदान गर्नुपर्ने औंल्याए । ‘जनमत पार्टी इििन्जनियरको पार्टी हो । जसरी डाक्टरको पीडा डाक्टरले बुझ्छ, त्यसरी इन्जिनियरको पीडा इन्जिनियरले बुझ्छ,’ डा.राउतले भने, ‘इन्जिनियर्सका समस्या समाधान र तिनको भिजन जनमतले लागु गर्नेछ ।’

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री रहेका जनमत पार्टीका नेता सतिशकुमार सिँहले देशका दक्ष जनशक्ति विदेशमा अवसर खोजिरहेका बेला जनमत पार्टीका अध्यक्ष डा.सिके राउत देश बनाउने सङ्कल्प, साहस र दृढताका साथ अमेरिकाको प्रतिष्ठित संस्थामा वैज्ञानिकको भूमिका त्यागेर स्वदेश फर्कनुभएको दृष्टान्त उदाहरणीय भएको बताए ।

उनले डा.राउतको देश र जनताप्रतिको निष्ठा अनुकरणीय भएको भन्दै उहाँको विकास तथा समृद्धि प्रयासमा इन्जिनियरहरू जुट्नुपर्ने औंल्याए । इन्जिनियरिङ्गलाई गुणस्तरीय, मर्यादित एवम् सम्मानित पेसामा परिणत गर्ने र इन्जिनियरको पेसागत हकहितको सुनिश्चितताका लागि जनमत पार्टी सुरुदेखि नै लड्दै आएको मुख्यमन्त्री सिँहको कथन थियो ।

एनईएको आगामी २८ गते हुने निर्वाचनमा मधेश प्रदेशमा जनकपुरधाम र वीरगञ्जमा मतदान केन्द्र राखिएका छन् । जनकपुरधाममा एक हजार एक सय १२ र वीरगञ्जमा तीन सय ६६ मतदाता छन् । इजु, पिन र रिन गठबन्धन इन्जिनियर रामेश्वरप्रसाद कलवारको नेतृत्वमा केन्द्रीय कार्यकारिणी समितिको चुनावमा होमिएको छ ।

सम्बन्धित खबर