LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । दृष्टि विशेषज्ञ चिकित्सकहरुले प्रादेशिक अस्पताल र स्वास्थ्य निर्देशनालयले विज्ञापन भर्न लगाएर परीक्षा नलिएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

प्रादेशिक तथा जेनरल अस्पतालहरुमा दृष्टि विशेषज्ञको दरबन्दी कायम गर्नुपर्ने, स्वास्थ्य निर्देशनालयले परीक्षा लिएर पनि परिणाम सार्वजनिक नगरेको तथा प्रादेशिक अस्पतालले शुल्कसहित आवेदन लिएर परीक्षा नलिएको भन्दै उनीहरुले मंगलवार विरोध प्रदर्शन गरेका हुन् ।

प्रदेश सरकार मातहतको निर्देशनालय तथा अस्पतालहरुले बेरोजगार दृष्टि विशेषज्ञहरुसँग शुल्क असुल गरेपनि छनौट नगरेको भन्दै मुख्यमन्त्री सतिश कुमार सिंहको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री सिंहले आफुहरुको मागप्रति गम्भिर नदेखिएको भन्दै भदौ २५ गतेदेखि अनसन बस्ने कार्यक्रम निर्धारण गरेको थियो ।

मंगलबार विरोध प्रदर्शनमा ओर्लिएपछि सरकारको तर्फबाट सकारात्मक आश्वासन आएपछि तत्काल अनसन स्थगन गरिएको आन्दोलित विशेषज्ञहरुका नेता रविशंकर चौधरीले बताए ।

सम्बन्धित खबर