LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । दृष्टि विशेषज्ञ चिकित्सकहरुले प्रादेशिक अस्पताल र स्वास्थ्य निर्देशनालयले विज्ञापन भर्न लगाएर परीक्षा नलिएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

प्रादेशिक तथा जेनरल अस्पतालहरुमा दृष्टि विशेषज्ञको दरबन्दी कायम गर्नुपर्ने, स्वास्थ्य निर्देशनालयले परीक्षा लिएर पनि परिणाम सार्वजनिक नगरेको तथा प्रादेशिक अस्पतालले शुल्कसहित आवेदन लिएर परीक्षा नलिएको भन्दै उनीहरुले मंगलवार विरोध प्रदर्शन गरेका हुन् ।

प्रदेश सरकार मातहतको निर्देशनालय तथा अस्पतालहरुले बेरोजगार दृष्टि विशेषज्ञहरुसँग शुल्क असुल गरेपनि छनौट नगरेको भन्दै मुख्यमन्त्री सतिश कुमार सिंहको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री सिंहले आफुहरुको मागप्रति गम्भिर नदेखिएको भन्दै भदौ २५ गतेदेखि अनसन बस्ने कार्यक्रम निर्धारण गरेको थियो ।

मंगलबार विरोध प्रदर्शनमा ओर्लिएपछि सरकारको तर्फबाट सकारात्मक आश्वासन आएपछि तत्काल अनसन स्थगन गरिएको आन्दोलित विशेषज्ञहरुका नेता रविशंकर चौधरीले बताए ।

सम्बन्धित खबर