LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका –२४, बसहियाका वडा अध्यक्ष उपेन्द्र सहनीसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घरबाटो सिफारिसको लागि ४ लाख ५० हजार रुपैयाँ घुस लिएका वडा अध्यक्ष सहनी, सोही वडाका सचिव उपेन्द्र साह र बिचौलियाको काम गर्ने अर्को एक जनालाई पक्राउ गरिएको हो ।

आयोगलाई आएको गोप्य सूचनाको आधारमा स्थलगत रिपोर्टिङको क्रममा वडा अध्यक्ष सहनी र वडा सचिव साहसमेत तीन जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका सूचना अधिकृतले जनकारी दिए ।

घुसको रकम लिँदालिँदै पक्राउ परेका उनीहरुलाई कानुन बमोजिम कारबाहीको लागि आयोगको केन्द्रीय कार्यालय टंगाल पठाईएको छ ।

पक्राउ परेका तीनै जनालाई अख्तियारको टोलीले लिएर काठमाण्डौ जान खोज्दा स्थनीय नेकपा एमालेका कार्यकर्ताहरुले विरोधमा उत्रेका थिए । पछि जिल्ला प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी उल्लेखनिय संख्यामा परिचालन गरि तीनै जनालाई काठमाण्डौ लगिएको हो ।

सम्बन्धित खबर