LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । माओवादी केन्द्रले मधेश प्रदेशमा पार्टीले संगठन सुद्धिकरण अभियान संचालन गर्ने भएको छ ।

दुई दिन सम्म महोत्तरीको बर्दिवासमा चलेको केन्द्रिय सदस्यहरु तथा प्रदेश पदाधिकारी परार्मश वैठकमा नेताहरुले मधेशमा पार्टीको संगठन चुस्तदुरुस्त बनाउन सुद्धिकरण अभियान संचालन गर्न आवश्यक रहेकोम जोड दिएका थिए । २०७९ सालको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन होस् वा त्यस अघि भएका स्थानीय तहको निर्वाचन होस् सबैमा अन्य राजनीतिक दलसँग गठबन्धन गरेर अधिकांश सीट ति दलहरुलाई छोड्दा पार्टी मधेशमा कमजोर भएको मधेश केन्द्रित नेताहरुले वैठकमा धारणा राखेका थिए ।

मधेश प्रदेशमा माओवादी पार्टीलाई कमजोर बनाउन वैदेशिक शक्तिहरुले समेत चलखेल गरेको अजाव वैठकमा उठेको सहभागि भएका एक नेताले बताए । पार्टीले विगतमा उठाएका एजेण्डा, बोकेको विचारलाई छोडर सत्ताको केन्द्रित राजनीतिमा लागेकोले पनि मधेशमा पार्टीको यो हविगत भएको भनेर नेताहरुले टिपण्णी गरेका थिए ।

वैठकमा सहभागि पुर्व मन्त्रि तथा माओवादी केन्द्रका नेता उमेश यादवले अन्य पार्टीहरुले माओवादी मधेश प्रदेशमा कमजोर रहेको भ्रम फैलाएर पार्टीका कार्यकर्ता र जनताहरुमा भ्रम छरेको भन्दै यसलाई चिर्न पार्टी संगठन पुनःगठन अभियान संचालन गर्ने निर्णय गरेको छ ।

उनले भने,‘ मधेशमा माओवादी कमजोर होईन । विपक्षीले भ्रम फैलाएर कमजोर बनाउन सफल भए । अर्को चुनावको वेला गठबन्धन गर्दा पनि अधिकांश सिट गठबन्धन दलहरुलाई दिदाँ पनि समस्या आएको हो । प्रदेश सभामा हामी गठबन्धनमा पाएका सिट मध्ये ३३ प्रतिशतमा हाम्रो जीत छ, प्रतिनिधि सभामा ५ वटा सिट मात्र पाउदाँ एउटा पनि सिट आएनन् ।’

विगतमा भएको कमिकजोरीलाई सच्चाएर अव पार्टीले रष्ट्रियताको सवाल, वर्ग संघर्ष र जनजीविकाको सवालमा अगाडी बढ्न विभिन्न प्रदेशमा परार्मश वैठक थालिएको हो । सात प्रदेश मध्ये मधेश प्रदेश मात्रै पहिचानको अधारमा नामाकरण, जनयुद्धका शहिदहरुलाई पहिलो पटक प्रदेशले सम्मान दिएको छ, त्यसकारण अव पार्टीले मधेशको विषयमा छुटै दस्तावेजको रुपमा प्रस्ताव ल्याउने उनले बताए ।

वैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ्ग, अगनि सापकोटा, लिलामणि पौडेलसहितका नेताहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर