LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । गत आर्थिक २०८०÷०८१ मा यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले ६३ करोड १५ लाख राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार सवारी कर मार्फÞत ४३ करोड ३३ लाख,सवारी दर्ता किताब सम्बन्धी दसतुर मार्फÞत १० करोड ५७ लाख, सवारी चालक अनुमति पत्र मार्फÞत ८ करोड ४३ लाख संकलन भएको यातायात व्यवस्था कार्यालय जनकपुरका सूचना अधिकारी सननी झाले बताए ।
त्यसैगरि, पटके मार्फÞत ३७ लाख ६५ हजार,रूट परमिट मार्फÞत ४१ लाख ६८ हजार,आयकर मार्फÞत रू १ करोड २३ लाख , सडक समभार दसतुर मार्फÞत रू ५ लाख ५२ हजार , अन्य कर मार्फÞत ४ हजार राजस्व संकलन भएको झाले बताए ।कार्यालयका अनुसार अघिललो वर्ष सोही अवधीमा रू ५५ करोड ३४ लाख राजस्व संकलन भएको थियो ।

अघिललो वर्षको तुलनामा आर्थिक वर्ष २०८०÷ ८१ मा रू ८ करोड बढी राजस्व संकलन भएको कार्यालयको तथयांक रहेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा यातायात साधनको कुल संख्या ८ हजार ४ सय ८२ दरता भएको सूचना अधिकारी झांको भनाइ छ । मोटरसाईकल निजी ६ हजार २ सय ६१ ,सरकारी २० गरी जममा ६ हजार २ सय ८१ वटा दरता भएको बताए ।

यसैगरी बस निजी ३४,सार्वजनिक ३३ सरकारी १ गरी जममा ६८ वटा दरता भएको कार्यालयको तथयांक छ । यसतै अन्य सवारी साधन २ हजार २ सय १ रहेको छ । यातायात व्यवस्था कार्यालय जनकपुरले गत आर्थिक वर्षमा साना र ठुला सवारी गरी जममा १० हजार ४ सय ७९ वटा सवारी चालक अनुमति पत्र जारी गरेको कार्यालयले बताए ।

कार्यालयका अनुसार मोटरसाइकल ४ हजार ८ सय ७,जÞिप कार ३५ सय ६,टेमपु ओटो रिकसा ३ सय ९,ई रिकसा १३,पावर टिलर ५,ट्रेक्टर ५ सय,मिनि बस , मिनी ट्रक ३७,ट्रक बस लोरी ५ सय ३२,रोड रोलर डोजर १ डोजर २,रोड रोलर ८,करेन फायर बिरगरेड लोडर २ , करेन ३४,फÞाइबर ब्रिगेड ६, लोडर ४७,सकार भेटर १ सय ६०,बैड होई लोडर १ सय ८४,ग्रेडर ७,फोर किलिफट ४३ , स्कुटर मोपेड ३ सय ७६ वटा लाई सवारी अनुमति पत्र प्रदान गरेको कार्यालयले बताएको छ ।

त्यसैगरि अघिललो वर्ष सोही अवधीमा यातायात कारयालय जनकपुरले २० हजार १ सय ५१ वटा सवारी चालक अनुमति पत्र प्रदान गरेको थियो ।

सम्बन्धित खबर