LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आज चुनाव हुदै छ ।

आज शनिवार विहान ८ बजेदेखि सुरु हुने भनिएको चुनाव झण्डै एक घण्टा ढिलो गरि सुरु भएको हो । जनकपुरधामको पुरानो तथा सबभन्दा ठुलो संगठन जनकपुरधाम उद्योग वाणिज्य संघको ४ हजार भन्दा बढी मतदाता रहेको छ ।

यता, वाणिज्य संघको चुनावलाई लिएर आज जनकपुरधाममा चहलपहल बढेको छ । विहानै देखि जनकपुरधामको जनक चोक, शिव चोक तथा भानु चोकमा व्यापारीहरुको भिड लागेको छ ।

यसैबीच, चुनावको पुर्व सन्धयामा शुक्रवार साँझ अध्यक्षका उम्मेदवारहरुले मतदाता आकर्षित गर्न अलग अगल शक्ति प्रदर्शन गरेका थिए । संघको अध्यक्ष पदका लागि जितेन्द्र प्रसाद साह, मनिष रमण साह र सुरेन्द्र भण्डारी चुनावी मैदानमा छन् । तीन जना उम्मेदवार भएपनि मुख्यत मनिष रमण साह र सुरेन्द्र भण्डरी बीच मुख्य प्रतिस्पर्धा हुने व्यापारीहरु बताउँछन् ।

प्रादेशिक राजधानी शहर भएको आधारमा जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन प्रदेशभर मात्रै नभएर संघीय राजधानीको दृष्टिमा पनि परेको देखिन्छ । यो चुनावले चयन गर्ने नेतृत्वसँग जनकपुरधामको उद्योग र व्यापार क्षेत्रको प्रबद्र्धन हुनुपर्ने सबैको अपेक्षा स्वभाविक हो ।

नेपाल पत्रकार महासंघ,वकिल तथ कलेजहरुको निर्वाचन हुदाँ राजनीतिक दलहरु खुलेर हावि हुदै आएको छ । तर व्यापार संघको निर्वाचनमा दल भन्दा पनि जातीय समिकरणले बढी प्रभाव पार्ने गरेको छ ।

तीन जना उम्मेदवार दुई फरक दलका प्रतिनिधि पात्र हुन् । अध्यक्षका उम्मेदवारहरु जितेन्द्र प्रसाद साह र मनिण रमण साह काँग्रेस निकट हुन भने सुरेन्द्र भण्डारी नेकपा एमालेका जनकपुर नगर अध्यक्ष समेत हुन् । यो निर्वाचनमा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियार भने मषिण रमण साहको पक्षमा खुलेको छ । तर उद्योगी, व्यवसायीहरुले आफ्ना नेता दललाई होइन, व्यक्ति र व्यक्तित्वको अधारमा छनौट हुने बताएको छ ।

सम्बन्धित खबर