LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आज चुनाव हुदै छ ।

आज शनिवार विहान ८ बजेदेखि सुरु हुने भनिएको चुनाव झण्डै एक घण्टा ढिलो गरि सुरु भएको हो । जनकपुरधामको पुरानो तथा सबभन्दा ठुलो संगठन जनकपुरधाम उद्योग वाणिज्य संघको ४ हजार भन्दा बढी मतदाता रहेको छ ।

यता, वाणिज्य संघको चुनावलाई लिएर आज जनकपुरधाममा चहलपहल बढेको छ । विहानै देखि जनकपुरधामको जनक चोक, शिव चोक तथा भानु चोकमा व्यापारीहरुको भिड लागेको छ ।

यसैबीच, चुनावको पुर्व सन्धयामा शुक्रवार साँझ अध्यक्षका उम्मेदवारहरुले मतदाता आकर्षित गर्न अलग अगल शक्ति प्रदर्शन गरेका थिए । संघको अध्यक्ष पदका लागि जितेन्द्र प्रसाद साह, मनिष रमण साह र सुरेन्द्र भण्डारी चुनावी मैदानमा छन् । तीन जना उम्मेदवार भएपनि मुख्यत मनिष रमण साह र सुरेन्द्र भण्डरी बीच मुख्य प्रतिस्पर्धा हुने व्यापारीहरु बताउँछन् ।

प्रादेशिक राजधानी शहर भएको आधारमा जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन प्रदेशभर मात्रै नभएर संघीय राजधानीको दृष्टिमा पनि परेको देखिन्छ । यो चुनावले चयन गर्ने नेतृत्वसँग जनकपुरधामको उद्योग र व्यापार क्षेत्रको प्रबद्र्धन हुनुपर्ने सबैको अपेक्षा स्वभाविक हो ।

नेपाल पत्रकार महासंघ,वकिल तथ कलेजहरुको निर्वाचन हुदाँ राजनीतिक दलहरु खुलेर हावि हुदै आएको छ । तर व्यापार संघको निर्वाचनमा दल भन्दा पनि जातीय समिकरणले बढी प्रभाव पार्ने गरेको छ ।

तीन जना उम्मेदवार दुई फरक दलका प्रतिनिधि पात्र हुन् । अध्यक्षका उम्मेदवारहरु जितेन्द्र प्रसाद साह र मनिण रमण साह काँग्रेस निकट हुन भने सुरेन्द्र भण्डारी नेकपा एमालेका जनकपुर नगर अध्यक्ष समेत हुन् । यो निर्वाचनमा नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियार भने मषिण रमण साहको पक्षमा खुलेको छ । तर उद्योगी, व्यवसायीहरुले आफ्ना नेता दललाई होइन, व्यक्ति र व्यक्तित्वको अधारमा छनौट हुने बताएको छ ।

सम्बन्धित खबर