LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारीे विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । यस अघि मनिषले भण्डारीलाई संघको वरिष्ठ उपाध्यक्ष पदमा पराजित गरेका थिए ।

निर्वाचन समितिका अनुसार भण्डारीले १हजार ६सय ४४ मत ल्याउँदा मनिषले १हजार ५ सय ७२ मत मात्र ल्याउन सकेक थिए । अध्यक्ष पदमै उम्मेदवारी दिएका जितेन्द्र प्रसाद साहले २ सय ९३ मत मात्र पाएका छन् । ४ हजार ७६ मतदाता रहेको संघको निर्वाचनमा ३ हजार ५ सय ७४ जनाले मतदान गरेका थिए ।

त्यसैगरि, जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु शाह निर्वाचित भएकी छन् । शाहले १ हजार ६ सय मत प्राप्त गर्दा उनका प्रतिद्धन्दीहरु माया साह १ हजार १४१ र सरिता ठाकुर ७ सय ५५ मत मात्र ल्याउन सकेकी हुन् । ब्यूटी पार्लर व्यवसाय सञ्चालन गरिरहेकी रिंकु शाह यस अघि संघक कार्यसमिति सदस्य थिईन । बाँकी पदमा अहिले मतगाणा जारी रहेको छ ।

सम्बन्धित खबर