LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारीे विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । यस अघि मनिषले भण्डारीलाई संघको वरिष्ठ उपाध्यक्ष पदमा पराजित गरेका थिए ।

निर्वाचन समितिका अनुसार भण्डारीले १हजार ६सय ४४ मत ल्याउँदा मनिषले १हजार ५ सय ७२ मत मात्र ल्याउन सकेक थिए । अध्यक्ष पदमै उम्मेदवारी दिएका जितेन्द्र प्रसाद साहले २ सय ९३ मत मात्र पाएका छन् । ४ हजार ७६ मतदाता रहेको संघको निर्वाचनमा ३ हजार ५ सय ७४ जनाले मतदान गरेका थिए ।

त्यसैगरि, जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु शाह निर्वाचित भएकी छन् । शाहले १ हजार ६ सय मत प्राप्त गर्दा उनका प्रतिद्धन्दीहरु माया साह १ हजार १४१ र सरिता ठाकुर ७ सय ५५ मत मात्र ल्याउन सकेकी हुन् । ब्यूटी पार्लर व्यवसाय सञ्चालन गरिरहेकी रिंकु शाह यस अघि संघक कार्यसमिति सदस्य थिईन । बाँकी पदमा अहिले मतगाणा जारी रहेको छ ।

सम्बन्धित खबर