LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेश अध्यक्ष तथा प्रदेश साँसद जितेन्द्र सोनललाई स्पष्टीकरण सोधेको छ ।

प्रदेश सभा सदस्य जयनुल राईनको अध्यक्षतामा बैठक गरि आफुलाई दलको संसदीय दलका नेता चयन गरिएको भन्दै चिठी प्रदेश सभा सचिवालयमा पठाएको भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोनलसँग स्पष्टीकरण माग गरेका छन् ।

पार्टीको विधान र परम्परा विपरित आफुखुसी पार्टीको निर्देशन र मनसाय विपरित साँसद जयनुल राईनको अध्यक्षतामा बैठक बोलाई आफुलाई स्वघोषित दलको नेता चयन गरि प्रदेश सभामुख समक्ष पेश गरेको चिठि कदापी मान्य नहुने भन्दै अध्यक्ष ठाकुरले तीन भित्रमा साँसद सोनललाई कारण सहित जवाफ दिन निर्देशन दिएको छ ।

सो समय अवधिमा चित बुझदो जवाफ नआएको खण्डमा पार्टीबाट निष्काशन गर्ने चेतावनी समेत दिएको अध्यक्ष ठाकुरले आईतवार सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

नेता सोनलले १४ भदोमा वरिष्ठ साँसद जयनुल राईनको अध्यक्षतमा बैठक गरी आफुलाई दलको नेतामा चयन गरेका थिए । वरिष्ठ सासद राईनले भने पार्टीको संसदीय दलको विद्यानको धारा ७ को उपधारा १ बमोजिम वहुमत सदस्यीयको उपस्थितिमा सोनललाई दलको नेता चयन गरिएको जनाएको छ ।

प्रदेश सभामा लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)को ९ जना सदस्य रहेका छन् । त्यस मध्ये दलका नेता अभिराम शर्मा सशस्त्र प्रहरी हलवदार थमन विक हत्यामा दोषी ठहर भई अहिले फरार अवस्थामा रहेका छन् ।

साँसद सोनलको पक्षमा जयनुल राईन, पुर्व मन्त्री रमेश पटेल, पुर्व राज्यमन्त्री रामबाबु यादव र रमिता प्रधानले हस्ताक्षर गरेका छन् ।

 

सम्बन्धित खबर