LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेश अध्यक्ष तथा प्रदेश साँसद जितेन्द्र सोनललाई स्पष्टीकरण सोधेको छ ।

प्रदेश सभा सदस्य जयनुल राईनको अध्यक्षतामा बैठक गरि आफुलाई दलको संसदीय दलका नेता चयन गरिएको भन्दै चिठी प्रदेश सभा सचिवालयमा पठाएको भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोनलसँग स्पष्टीकरण माग गरेका छन् ।

पार्टीको विधान र परम्परा विपरित आफुखुसी पार्टीको निर्देशन र मनसाय विपरित साँसद जयनुल राईनको अध्यक्षतामा बैठक बोलाई आफुलाई स्वघोषित दलको नेता चयन गरि प्रदेश सभामुख समक्ष पेश गरेको चिठि कदापी मान्य नहुने भन्दै अध्यक्ष ठाकुरले तीन भित्रमा साँसद सोनललाई कारण सहित जवाफ दिन निर्देशन दिएको छ ।

सो समय अवधिमा चित बुझदो जवाफ नआएको खण्डमा पार्टीबाट निष्काशन गर्ने चेतावनी समेत दिएको अध्यक्ष ठाकुरले आईतवार सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

नेता सोनलले १४ भदोमा वरिष्ठ साँसद जयनुल राईनको अध्यक्षतमा बैठक गरी आफुलाई दलको नेतामा चयन गरेका थिए । वरिष्ठ सासद राईनले भने पार्टीको संसदीय दलको विद्यानको धारा ७ को उपधारा १ बमोजिम वहुमत सदस्यीयको उपस्थितिमा सोनललाई दलको नेता चयन गरिएको जनाएको छ ।

प्रदेश सभामा लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)को ९ जना सदस्य रहेका छन् । त्यस मध्ये दलका नेता अभिराम शर्मा सशस्त्र प्रहरी हलवदार थमन विक हत्यामा दोषी ठहर भई अहिले फरार अवस्थामा रहेका छन् ।

साँसद सोनलको पक्षमा जयनुल राईन, पुर्व मन्त्री रमेश पटेल, पुर्व राज्यमन्त्री रामबाबु यादव र रमिता प्रधानले हस्ताक्षर गरेका छन् ।

 

सम्बन्धित खबर