LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री मातृका प्रसाद यादवले जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त हुने गरि संविधान संसोधन आफुहरुलाई स्वीकार नहुने बताएका छन् ।

संयुक्त मधेशी मोर्चाले सोमवार जनकपुरधाममा आयोजना गरेको मधेश संविधान संसोधन विषयक अन्तरक्रिया कार्यक्रममा नेता यादवले यस्तो बताएका हुन् । माओवादी केन्द्रका भातृ संगठन राष्ट्रिय मधेशी मोर्चाका इन्चार्ज समेत रहेका नेता यादवले भने,‘ अग्रगामी संविधान संसोधनलाई हामी स्वीकार गर्छौ । तर संसोधनको नाममा प्राप्त भएको उपलब्धीलाई समाप्त गर्ने काम भयो भने त्यो स्वीकार हुदैन ।’

कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले काँगेस र एमालेले संविधान संसोधन गरे थ्रेस होल्ड बढाई साना पार्टीहरुलाई समाप्त गर्न खोजेको आरोप लगाए । वर्षोदेखि विभेद, उत्पीडन तथा अधिकारबाट वञ्चित रहेका मधेशी, थारु, मुस्लिम, आदिवासी जनजातिहरु साना पार्टीहरुसँग जुडेको बताउँदै उनले भने,‘ थ्रेस होल्ड बढाएर, यि जनताहरुको अजाव बन्द गराउन काँग्रेस र एमाले संविधान संसोधनको षडयन्त्र गरिरहेको छ ।’  संविधाान संसोधनको नाममा समानुपाति प्राणिलाई समाप्त गर्न लागेको उनले आरोप लगाए ।
कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता मोहम्मद असगर अलीले भने,‘वर्तमान संविधानमा विभिन्न कमिकमजोरी भएपनि मधेशी, मुस्लिम, थारु, आदीवासि जनजातिलाई थोरै भएपनि हक अधिकार दिएको छ । तर भने संविधान संसोधन गरेर ति हक अधिकारलाई पनि समाप्त गर्ने षडयन्त्र हुदैछ ।’

संविधानमा भएका कमिकमजोरीलाई सच्चाएर सबै जात धर्म तथा समुदायले अपनत्व ग्रहण गर्ने गरि संविधान संसोधन हुनुपर्नेमा काँग्रेस एमालेले आफ्ना स्वार्थ अनुसार समानुपाति प्रणालिलाई समाप्त गर्ने गरि संविधान संसोधन गर्न लागेको उनले आरोप लगाए ।

तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजय सिंहको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता भरत प्रसाद साह, जगत यादव,नेकपा एसका नेता शितल झा, तमलोपाकी नेता विभा ठाकुर, उमेश मण्डल सहितले मन्तव राखेका थिए ।

सम्बन्धित खबर