LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । भारतको उडिसा भुवनेश्वरस्थित सेन्चुरियन युनिभरसिटीले नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षातर्फको विभिन्न संकायमा विशेष छात्रवृतिको व्यवस्था ल्याएको छ ।
जनकपुरधाममा सम्पन्न टिचर मिट कार्यक्रममा भारतको नम्बर वन रैंकमा रहेका सो युनिभरसिटीले नेपाली विद्यार्थीहरुका लागि छात्रवृतिसहित विशेष सुविधाहरुको प्याकेज ल्याएको युनिभरसिटीका नामांकन र बजार व्यवस्थापन निर्देशक शुभकान्तले जानकारी दिए ।
उनले कार्यक्रममा युनिभरसिटीद्वारा प्रदान गरिने शैक्षिक सेवाको जानकारी गराएका थिए ।

ती युनिभरसिटीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई जागिरको ग्यारेन्टी रहेको दाबी समेत गरेका थिए ।सो युनिभरसिटीलाई भारत सरकारको मानव संसाधन विकास मंत्रालय द्वारा इंजीनियरिंग शिक्षा प्रदानमा महत्वपूर्ण योगदान पुरयाउंदै आएको भन्दै संस्थानतर्फ ८१ औं स्थान दिइएको छ ।


युनिभरसिटीको दुई प्रमुख परिसरमा इंजीनियरिंग र प्रौद्योगिकी, कृषि विज्ञान, वास्तुकला योजना र डिजाइन, खनन, शिक्षकों की शिक्षा, मीडिया र संचार, पैरामेडिक्स र संबद्ध स्वास्थ्य विज्ञान, फार्मेसी र जीवन विज्ञान, प्रबंधन, अनुप्रयुक्त विज्ञान र कयौं व्यावसायिक ट्रेडको क्षेत्रमा स्नातक, स्नातकोत्तर र डॉक्टरेटको अध्यापन गराउंदै आएको छ ।

ए प्लस ग्रेडको रहेको सो सेन्चुरियन युनिभरसिटीमा २० हजारभन्दा बढी विद्यार्थी अअध्ययनरत रहेको छ भने ६३ प्रोग्राम, १६ स्कुल, ६ क्याम्पस, २४ रिसर्च सेन्टर, ४३ डोमेन कोर्षेज, ११२ स्किल कोर्षेज, ५० भन्दा बढी इन्डिस्ट्री स्पोन्सर्ड ल्याब र ३० भन्दा बढी लाईभ ल्याब संचालनमा रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् डा. रामस्वार्थ रायले भारतको यस नम्बर वन युनिभरसिटीबाट पढेर आफ्नो देशमै त्यस्तै स्तरको गुणस्तरीय सेवा प्रदान गरे राम्रो उपलब्धी हासिल गर्न सकिने बताए । उनले भने हाम्रो देशमा सबै संकायको पढाई भएपनि उपकरण र प्राइडिकलको कमी रहेकाले गुणस्तरी आउन सकेको छैन, शिक्षातर्फ राज्यले लगानी बढाउनु आवश्यक छ ।’

जनकपुरधामस्थित वल्र्ड वाइड एजुकेशनल सर्भिस प्याइन्टका प्रमुख श्रवण कुमार यादव र ओम एजुकेशनल कन्सलटेन्सीका निर्देशक संजिव कुमार सिंहको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम क्षेत्रका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र कन्सलटेन्सीका प्रतिनिधिहरुसहित विभिन्न विधाका व्यक्तिहरुको सहसभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई खादा ओढाई प्रमुख अतिथिद्वारा सम्मान समेत गरिएको थियो ।

सम्बन्धित खबर