LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा नेपालबाट अलग भएको जसपाकी सहध्यक्ष तथा पुर्व मन्त्री रेणु यादवले केहि दिनमै जसपा नेपालमा पहिरो आउने दावि गरेकी छिन् ।

आईतवार जनकपुरधाममा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सहध्यक्ष यादवले यस्तो दावि गरेकी हुन् । उपेन्द्र यादवको हैक्मवादी र समान्ती प्रवृतिका करण् जसपा नेपाल भित्र चरम असंतुष्टी रहेको भन्दै केहि दिनमा जसपा नेपालका नेता तथा कार्यकर्ताहरु जसपामै प्रवेश गर्ने बताईन । पार्टी विभाजन सम्बन्धि मुद्दा अदालतमा रहेकोले मात्रै कतिपय साथीहरु पार्टी प्रवेशमा ढिलाई गरिरहेको उनले बताईन् ।

जसपा नेपालमा समानता, लोकतन्त्र, समावेशी सिद्धन्त समाप्त भई व्यक्तिवादी हावि भएको बताउँदै उनले भनिन्, हामीले पार्टी निर्माणको लगि धेरै मेहन्त गरेका थियौ । तर उपेन्द्रले पार्टीमा सामुहिकभन्दा व्यक्तिवादी, समान्ती प्रवृति देखाएपछि आफु त्यसको विरुद्धका संघर्ष गरेर अलग भएका छौ ।’

कार्यक्रमको अध्यक्षता गरेका पुर्व प्रदेश साँसद समेत रहेका अशोक यादवले मधेशी जनताको बलिदानीको जगमा निर्माण भएको पार्टीलाई उपेन्द्र यादवको हैक्मवादी प्रवृतिले मधेशमा समाप्त हुने अवस्था पुगेको दावि गरे । भग्यनाथ गुप्तादेखि पटक–पटक पार्टी विभाजन भएको उल्लेख गर्दै उनले भने,‘ सबै विभाजनमा उपेन्द्र यादवको कमजोरी रहियो ।’

यस अघिका प्रदेश सरकारका तत्कालिन अर्थ मन्त्री संजय कुमार यादवले लाखौ कमिशन लिएर योजनाहरु विक्रिवित्तरण गर्दा पनि उपेन्द्र यादवले संरक्षण गरि पार्टीलाई बदनाम गराएको उनले आरोप लगाए ।

कार्यक्रममा जसपा नेपाल परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । जसपामा प्रवेश गरेकाहरुलाई पुर्वमन्त्री यादव र जसपाक मधेश प्रदेश अध्यक्ष अशोक यादवले माला र अविर लगाई पार्टी प्रवेश गराएका थिए ।

 

सम्बन्धित खबर