LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा नेपालबाट अलग भएको जसपाकी सहध्यक्ष तथा पुर्व मन्त्री रेणु यादवले केहि दिनमै जसपा नेपालमा पहिरो आउने दावि गरेकी छिन् ।

आईतवार जनकपुरधाममा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सहध्यक्ष यादवले यस्तो दावि गरेकी हुन् । उपेन्द्र यादवको हैक्मवादी र समान्ती प्रवृतिका करण् जसपा नेपाल भित्र चरम असंतुष्टी रहेको भन्दै केहि दिनमा जसपा नेपालका नेता तथा कार्यकर्ताहरु जसपामै प्रवेश गर्ने बताईन । पार्टी विभाजन सम्बन्धि मुद्दा अदालतमा रहेकोले मात्रै कतिपय साथीहरु पार्टी प्रवेशमा ढिलाई गरिरहेको उनले बताईन् ।

जसपा नेपालमा समानता, लोकतन्त्र, समावेशी सिद्धन्त समाप्त भई व्यक्तिवादी हावि भएको बताउँदै उनले भनिन्, हामीले पार्टी निर्माणको लगि धेरै मेहन्त गरेका थियौ । तर उपेन्द्रले पार्टीमा सामुहिकभन्दा व्यक्तिवादी, समान्ती प्रवृति देखाएपछि आफु त्यसको विरुद्धका संघर्ष गरेर अलग भएका छौ ।’

कार्यक्रमको अध्यक्षता गरेका पुर्व प्रदेश साँसद समेत रहेका अशोक यादवले मधेशी जनताको बलिदानीको जगमा निर्माण भएको पार्टीलाई उपेन्द्र यादवको हैक्मवादी प्रवृतिले मधेशमा समाप्त हुने अवस्था पुगेको दावि गरे । भग्यनाथ गुप्तादेखि पटक–पटक पार्टी विभाजन भएको उल्लेख गर्दै उनले भने,‘ सबै विभाजनमा उपेन्द्र यादवको कमजोरी रहियो ।’

यस अघिका प्रदेश सरकारका तत्कालिन अर्थ मन्त्री संजय कुमार यादवले लाखौ कमिशन लिएर योजनाहरु विक्रिवित्तरण गर्दा पनि उपेन्द्र यादवले संरक्षण गरि पार्टीलाई बदनाम गराएको उनले आरोप लगाए ।

कार्यक्रममा जसपा नेपाल परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । जसपामा प्रवेश गरेकाहरुलाई पुर्वमन्त्री यादव र जसपाक मधेश प्रदेश अध्यक्ष अशोक यादवले माला र अविर लगाई पार्टी प्रवेश गराएका थिए ।

 

सम्बन्धित खबर