LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । प्रहरी हिरासतबाट भागेका सबै थुनावालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषा सफल भएको छ ।

सोमवार विहान करिब साढे ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन फोडेर नौ थुनुवा फरार भएका थिए । घटना लगतै मधेश प्रहरी प्रमुख डिआईजी लालमणि अचार्यको निर्देशनमा मधेश प्रहरी र धनुषा प्रहरीले संयुक्त रुपमा सम्भावित स्थानहरुमा सर्च अप्रेसनका चलाएका थिए ।

त्यसपछि दुई जनालाई घटनाको भएको केहि बेरमै प्रहरीले पक्राउ गर्न सफल भएका थिए । पछि भागेका ५ जना थुनुवालाई दिउँसो धनुषाको लखौरीबाट पक्राउ गरेको थियो । बाँकी रहेका दुई जना विशाल मुखियालाई सोमवार राती र मनिस मुखियालाई आज विहान करिव ९ बजे सिमावर्ति क्षेत्रबाट पक्रउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

प्रहरी हिरासतबाट सिराहा नगरपालिका– १३ का ३३ वर्षीय अभास्करकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका– २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका– ७ गिद्धाबेलापट्टीका २६ वर्षीय मनिस मण्डल, २४ वर्षीय रोशनकुमार मण्डल, धनुषाको औरही गाउँपालिका– २ का २३ वर्षीय विशाल मुखिया, जनकपुरधाम उपमहानगरपालिका– १ का १७ वर्षीय सुमित मेस्तर, नगराइन नगरपालिका– २ का १८ वर्षीय मनीष मण्डल र जनकपुरधाम– ४ का २२ वर्षीय बिक्की कार्की फरार भएका थिए ।

उनीहरु ६ जना मध्ये लागुऔषध र तीनजना शान्तिसुरक्षा तथा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए ।

यता, भौतिक पुर्वाधार सम्पन्न तथा प्रहरीको निरगरनीमा रहेने थुनाव कक्षबाट थुनुवा भाग्नु प्रहरीको ठुलो लापर्वाही भएको भन्दै मधेश प्रहरी प्रमुख अचार्यले सोमवार नै घटनास्थलको निरीक्षण गरी वरिष्ठ प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ्गको नेतृत्वम छानबिन समिति गठन गरेको छ ।

त्यसैगरि, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक रंजन अवाको नेतृत्वम छानबिन समिति गठन गरेको छ ।

सम्बन्धित खबर