LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो नेतृत्वको सरकारले सय दिनमा गरेको कार्यको सार्वजनिक गरेका छन् ।
बुधबार जनकपुरधामस्थित एक होटलमा सञ्चारकर्मीहरुलाई भेला गरी मुख्यमन्त्री सिंहले सय दिनमा आफु र आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गरेका हुन् ।
विगत सात वर्षदेखि प्रदेशमा बिग्रिरहेको ट्रयाकलाई मिलाउन सय दिनमा सुधार गर्न धेरै नै मेहन्त गरेको दावि गरे । ‘ मु मुख्यमन्त्री हुनुभन्दा अघि नै नै प्रदेशमा चारै तिर अस्तव्यस्थ थियो, उनले भने,‘ तर म यसलाई सुधार गर्दै अगाडी बढ्दै छु ।समग्रमा कर्मचारीतन्त्रमा देखिएको समस्यालाई सुधार अझै आवश्यकता छ ।’

प्रदेशसभाबाट महत्वपूर्ण विधेयकहरु पारित भएको आवश्यक कानुनहरु निर्माण पक्रिया अगाडी बढाइएको उनले दावी गरेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्र पढाउन पाएको स्वीकृति र अस्पतालमा शय्या थप्न गरेको निर्णयलाई पनि मुख्यमन्त्री सिंहले सरकारको महत्वपूर्ण उपलब्धीको रुपमा उल्लेख गरेका छन् ।
मुख्यमन्त्री सिंहले ४ पृष्ठको लामो कार्यविवरण प्रस्तुत गरेपनि ठोस काम भने एउटा पनि बताउन सकेनन् । मुख्यमन्त्री सिंहले सय दिनमा गरेको कार्यभन्दा पनि प्रदेश सरकारले ल्याएको निती तथा कार्यक्रमकै योजनाहरु समावेश गरेको भन्दै कार्यक्रममै संचारकर्मीले चर्को आलोचना गरेका थिए ।

मुख्यमन्त्री सिंहको पार्टी जनमतले आर्थिक सुशासन, कर्मचारी प्रशासनमा सुधार गर्ने नारा दिएपनि आफ्नै नेतृत्वको सरकारले हुदाँ पनि त्यस तर्फ सरकारले खासै उपलब्धी गर्न सकेको छैन ।

कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले छोटो समयमा आफुहरुले ल्याएको नीति तथा कार्यक्रम र बजेटप्रति गर्व महसुस गर्नुपर्ने जिकिर गरेका छन् ।

जेठ २५ गते अपरान्हको समयमा बनेको सरकारले साढे तीन दिनमा नीति तथा कार्यक्रम ल्याएको र निर्धारित समयमै सबैको भावनालाई समेटिनेगरी बजेट ल्याएको दावी मन्त्री यादवको थियो ।

मुख्यमन्त्री सिंहले सय दिनको उपलब्धी सार्वजनिकरण कार्यक्रममा काँग्रेस र लोसपाका मन्त्रीहरुको सहभागिता थिएन ।
बिरगंजमा काँग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेरवहादुर देउवा आएकोले काँग्रेसका सबै मन्त्री बिरगंजमा रहेका थिए भने लोसपाकी मन्त्री रानी शर्मा तिवारी भने जितिया ब्रत गरेकीले कार्यक्रममा उपस्थित हुन नसकेको मुख्यमन्त्री सिंहले स्पष्ट गरे ।

 

सम्बन्धित खबर