LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले मुस्लिमसहित समग्र महिलाको विकास बिना मधेश प्रदेशको सम्वृद्धि नहुने दावि गरेका छन् ।

नेपाल मुस्लिम महिला कल्याण समाजले बुधवार जनकपुरधाममा आयोजना गरेको सबै प्रकारमा महिला विरुद्धको हिंसा(सिडा) महासंघले घोषणा गरेको १६ बुँदे घोषणापत्र कार्यन्वयमा मुस्लिम महिलाको अवस्था र चुनौति विषय कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले यस्तो बताएका हुन् । संविधानमा महिलालाई अधिकार दिएपनि व्यवहारमा अझैपनि त्यो लागु हुन नसकेको उल्लेख गर्दै उनले भने,‘महिलाको अवस्था दयनीय छ, त्यसमा पनि मुस्लिम महिलाको अवस्था अझै कमजोर छ ।’

कुनैपनि धर्मले मानवलाई नैतिकवान बनाउँछ,उनले भने,‘ धर्मको अपव्यख्या गरेर महिलामाथि हिंसा गर्ने काम भएको छ । त्यसकारण धर्म सास्कृतिले देखाएको सकरात्मक सन्देश प्रवाह गर्नु आवश्यक छ ।’ इस्लाम धर्ममा तीन तलाकको व्यस्था श्रीमान श्रीमती बिचको द्वन्द तथा मतभेद व्यस्थापनको लागि ल्याएको छ, उनले भने,‘ त्यसलाई गलत व्यख्या गरेर इच्छा विरित महिलालाई घरवार बिहिन बनाउने काम भइरहेको छ ।’

कार्यक्रममा नेपाल मुस्लिम महिला कल्याण समाजकी अध्यक्ष सिमा खानले राज्यको विभेदकारी नितीको कारण मुस्लिम महिला पछाडि परेको आरोप लगाईन ।

आफु २० वर्षदेखि आफु समाजिक क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै उनले भनिन, मुस्लिम महिला पारिएको छ र आफ्नैको कारण पनि पछाडि परेको छ ।’ शिक्षा र जनचेतनाको अभावको कारण मुस्लिम महिला पछाडि परेको उनले सुनाईन् । कार्यक्रममा महिला अधिकारकर्मी जनबुल खानसहित मधेश प्रदेशका विभिन्न जिल्लाबाट मुस्लिम किशोरीहरुको सहभगिता रहेको थियो ।

 

सम्बन्धित खबर