LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । केहि महिना यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी दुर्घटना न्युनिकरण तथा सर्वसधारणमा ट्राफिक सम्बन्धी जनचेतना जगाउन सक्रियता बढाएको छ ।

ट्राफिक प्रहरीले देखाएको सक्रियताको कारण चालु आर्थिक वर्षको श्रावण र भदौमा सवारी दुर्घटनामा व्यापक कमि आएपनि जिल्लाको ट्राफिक व्यस्था चुस्तदुरुस्त बनाउने उदेश्यले सर्वसधारणमा ट्राफिक नियम सम्बन्धी प्रर्चापम्पलेट वित्तरण, माईकिङ्ग,ठाउँठाउँमा सडक संकेत राख्ने तथा विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिने गरेका छन् ।

त्यसैगरि, मापसेबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्न दैनिक ज्यालादारी गर्ने मजदुर, चालकसहितलाई ट्राफिक नियम सम्बन्धी ओसिटेश्न दिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिवहादुर वलीले जानकारी दिए । कुनै पनि शहरको सुन्दरता भौतिक पुर्वाधारले मात्र नभई ट्राफिक व्यवस्थापनसँगपनि जोडिएको हुन्छ, निरीक्षक वलीले भने,‘ मधेश प्रदेशको राजधानि तथा धार्मिक पर्यटकीय शहरको रुपमा प्रसिद्ध जनकपुरधामको ट्राफिक व्यवस्थापन चुस्तदुस्त बनाउन हामी सक्रियतापुर्वक लागेका छौ ।’

ट्राफिक नियम पालन नगर्ने मोटरसाईकल, टिपर, टयाक्टर, चार प्राङ्गग्रे सवारीहरुलाई उल्लेखनिय संख्यामा कारर्वाही समेत गरिएको उनले सुनाए । जनकपुरधामको ट्राफिक व्यवस्थालाई अझै राम्रो बनाउन जनकपुरधाम उपहानगरपलिका, मधेश प्रदेश सरकारसँग र अन्य स्थानमा सम्बन्धित पालिकाहरुसँग समन्वय गरिरहेको उनले बताए ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा ६५ प्रतिशत कमि आएको उल्लेख गर्दै उनले गत आर्थिक वर्षको यही अवधिमा धनुषामा १४ जनाको मृत्यु भएकोमा चालु वर्षको दुई महिना ५ जनाको मृत्यु भएको उनले बताए ।

अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारणले हुने गरेकोले त्यसलाई रोक्न ट्राफिक नियम पालना, ट्राफिक सम्बन्धि जनचेतनामुलक कार्यक्रम, विभिन्न ठाउँमा ट्राफिक नियम सम्बन्धि सांकेतिक बोर्डहरु राख्ने तथा चेकचाजमा कडाई गरेको उनले बताए ।

सम्बन्धित खबर