LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । हिलोमा चिप्लेर सवारी दुर्घटना हुने उच्च सम्भावना रहेको देखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले वर्षा भईरहेको वेलामा पनि सवारी दुर्घटना रोक्न सवारी चालकहरुलाई ट्राफिक सम्बन्धी जनचेतना जगाउने गरेका छन् ।

विहिवार र शुक्रवार वर्षा भईरहेकै बेलामा पुर्व पश्चिम राजमार्ग अन्तर्गत ढल्केवर, पोर्तहासहित हाईवे क्षेत्र,जनकपुरधामसहितका स्थानमा बस चालक, टिपर चालक, मोटसाईकल चालकहरुलाई रोकेर सावधानिपुर्वक सवारी चलाउन सम्झाउने गरेका छन् ।

वर्षाको समयमा तीव्र गतिमा सवारी चलाएको खण्डमा चिप्लेर दुर्घटना हुने सम्भावना रहेकोले आफुहरु वर्षामै समयमै चालकहरुलाई सवारी सावधानी पुर्व चलाउन सर्तक गराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिवहादुर वलीले बताए ।
सवारी दुर्घटना न्युनिकरण गर्न आफुहरु सक्रियतापुर्वक लागेको उनले बताए ।

ट्राफिक प्रहरीले देखाएको सक्रियताको कारण चालु आर्थिक वर्षको श्रावण र भदौमा सवारी दुर्घटनामा व्यापक कमि आएपनि जिल्लाको ट्राफिक व्यस्था चुस्तदुरुस्त बनाउने उदेश्यले सर्वसधारणमा ट्राफिक नियम सम्बन्धी प्रर्चापम्पलेट वित्तरण, माईकिङ्ग,ठाउँठाउँमा सडक संकेत राख्ने तथा विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिने गरेका छन् ।

त्यसैगरि, मापसेबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्न दैनिक ज्यालादारी गर्ने मजदुर, चालकसहितलाई ट्राफिक नियम सम्बन्धी ओसिटेश्न दिने गरेको उनले बताए ।

अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारणले हुने गरेकोले त्यसलाई रोक्न ट्राफिक नियम पालना, ट्राफिक सम्बन्धि जनचेतनामुलक कार्यक्रम, विभिन्न ठाउँमा ट्राफिक नियम सम्बन्धि सांकेतिक बोर्डहरु राख्ने तथा चेकचाजमा कडाई गरेको उनले बताए ।

सम्बन्धित खबर