LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । सिरहा प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामा ५१ वर्षीय मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान नगरपालिका–२३ का ४२ वर्षीय रामाशंकर यादव, २५ वर्षीय राम भरत यादव, र ३९ वर्षीय सुर्य नारायण यादव रहेका छन् ।
सिरहा प्रहरीका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार उनीहरूले बिना अनुमति नेपाली नागरिकलाई कतार पठाउने भन्दै लहान नगरपालिका–४ स्थित गोधुली होटलमा अन्तर्वार्ता लिई रकम संकलन गरिरहेका बेला कार्तिक १० गते साँझ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई ठगी सम्बन्धी कसुरमा म्याद थप गरी जिल्ला अदालत सिरहाबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी पासवानले जानकारी दिए ।

 

सम्बन्धित खबर