LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सिरहा प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामा ५१ वर्षीय मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान नगरपालिका–२३ का ४२ वर्षीय रामाशंकर यादव, २५ वर्षीय राम भरत यादव, र ३९ वर्षीय सुर्य नारायण यादव रहेका छन् ।
सिरहा प्रहरीका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार उनीहरूले बिना अनुमति नेपाली नागरिकलाई कतार पठाउने भन्दै लहान नगरपालिका–४ स्थित गोधुली होटलमा अन्तर्वार्ता लिई रकम संकलन गरिरहेका बेला कार्तिक १० गते साँझ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई ठगी सम्बन्धी कसुरमा म्याद थप गरी जिल्ला अदालत सिरहाबाट अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी पासवानले जानकारी दिए ।

 

सम्बन्धित खबर