LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । मुस्लिम युवा समाज नेपाल समितिले अधिवक्ता अजिज आलमसहित पाँच जनालाई सम्मान गरेको छ ।

जनकपुरधाम–८ स्थित मदरसा गुलशने अजमेरीमा मुस्लिम युवा समाज नेपाल समितिले सोमवार आयोजना गरेको सम्मान कार्यक्रममा जनकपुरधाम वार एशोसिएसनका केहि दिन अघि सम्पन्न निर्वाचनमा सचिव पदमा निर्वाचित अधिवक्ता आलमलाई दोसला ओढाई, प्रशंसापत्र प्रदान गरि सम्मान गरिएको छ ।

त्यसैगरि, समितिले जनकपुरधाम वडा नम्बर ८का वडाध्यक्ष दिनेश सिंह, नेपाल समाजवादी पार्टीका कार्यकारणी सदस्य मौलना इजरायल अहमद रिजवी, नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य हकिम राईन र मदरसा गुलशने अजमेरीका अध्यक्ष तथा जनकपुरधाम वडा नम्बर ८ का वडा सदस्य सैलुन अन्सारीलाई सम्मान गरिएको छ ।


सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम वार एशोसिएसनका नव निर्वाचित सचिव अधिवक्ता अजिज आलमले मुस्लिम समुदाय अझैपनि शिक्षा प्रति गम्भिर हुन नसकेको बताए । आफुलाई सम्मान गरेकोमा आयोजक संस्थालाई प्रशंसा गर्दै सचिव आलमले भने,‘ शिक्षा नै अगाडी बढ्ने एक मात्र माध्यम हो । यसमा कमजोर भएकै कारण हामी पछाडि परेका छौ ।’

विद्यार्थी कालमा विभिन्न विभेद र चुनौति सहेर अहिले देश र समाजको लागि वकालत गरिरहेको छु, उनले भने, तर विगतमा चुनौति र समस्याको सामना नगरेको भए आज योे अवस्थामा पुग्ने थिएन ।’ सहि समयमा सहि व्यक्तिको साथ र सहयोगले आफुलाई सफलता दिलाएको उनले स्मरण गरे ।

कार्यक्रममा वडाध्यक्ष सिंह, मौलना रिजवी, नेता राईनसहितले मन्तव राखेका थिए भने मदरसा गुलशने अजमेरीका प्रध्यानध्यापक मोफ्ती सौकत, सत्तार राईन, एहसान राईन, आविद हुसेन सहितका सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर