LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मुस्लिम युवा समाज नेपाल समितिले अधिवक्ता अजिज आलमसहित पाँच जनालाई सम्मान गरेको छ ।

जनकपुरधाम–८ स्थित मदरसा गुलशने अजमेरीमा मुस्लिम युवा समाज नेपाल समितिले सोमवार आयोजना गरेको सम्मान कार्यक्रममा जनकपुरधाम वार एशोसिएसनका केहि दिन अघि सम्पन्न निर्वाचनमा सचिव पदमा निर्वाचित अधिवक्ता आलमलाई दोसला ओढाई, प्रशंसापत्र प्रदान गरि सम्मान गरिएको छ ।

त्यसैगरि, समितिले जनकपुरधाम वडा नम्बर ८का वडाध्यक्ष दिनेश सिंह, नेपाल समाजवादी पार्टीका कार्यकारणी सदस्य मौलना इजरायल अहमद रिजवी, नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य हकिम राईन र मदरसा गुलशने अजमेरीका अध्यक्ष तथा जनकपुरधाम वडा नम्बर ८ का वडा सदस्य सैलुन अन्सारीलाई सम्मान गरिएको छ ।


सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम वार एशोसिएसनका नव निर्वाचित सचिव अधिवक्ता अजिज आलमले मुस्लिम समुदाय अझैपनि शिक्षा प्रति गम्भिर हुन नसकेको बताए । आफुलाई सम्मान गरेकोमा आयोजक संस्थालाई प्रशंसा गर्दै सचिव आलमले भने,‘ शिक्षा नै अगाडी बढ्ने एक मात्र माध्यम हो । यसमा कमजोर भएकै कारण हामी पछाडि परेका छौ ।’

विद्यार्थी कालमा विभिन्न विभेद र चुनौति सहेर अहिले देश र समाजको लागि वकालत गरिरहेको छु, उनले भने, तर विगतमा चुनौति र समस्याको सामना नगरेको भए आज योे अवस्थामा पुग्ने थिएन ।’ सहि समयमा सहि व्यक्तिको साथ र सहयोगले आफुलाई सफलता दिलाएको उनले स्मरण गरे ।

कार्यक्रममा वडाध्यक्ष सिंह, मौलना रिजवी, नेता राईनसहितले मन्तव राखेका थिए भने मदरसा गुलशने अजमेरीका प्रध्यानध्यापक मोफ्ती सौकत, सत्तार राईन, एहसान राईन, आविद हुसेन सहितका सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर