LIVE
धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न | विवावह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु | एनपिएल आजदेखि, उदघाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै | गृहमन्त्री लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी सोधे स्पष्टीकरण | गठबन्धन दल बीच सहमति भए मधेश सरकारको नेतृत्व काँग्रेसले लिन्छ ः सभापति देउवा | काँग्रेसका सभापति तथा पुर्व प्रम देउवा आज जनकपुर आउँदै | जनकपुरधामका निजी विद्यालयहरुको पठनपाठन आईतवार पनि बन्द रहने | ‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा ठाकुर नियुक्त | तिलक टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री सिंह भारतको अयोध्या प्रस्थान |

जनकपुरधाम । जनकपुरधाम–८ स्थित मदर्शा मर्कजुद्दाराजतिस सुन्नीय गुलशने अजमेरीले जनकपुरधाम उपमहानगरका मेयर मनोज कुमार साह लगायतलाई सम्मान गरेको छ ।
शनिवार मदर्शाको प्राङ्गमा आयोजित सम्मान कार्यक्रममा जनकपुर वार एशोसिएनका नव निर्वाचित सचिव अधिवक्ता अजिज आलम, लोकतन्त्रिक समाजवादी पार्टीका नेता समसुल हक, जनकपुरधाम –८ का वडाध्यक्ष दिनेश सिंह, मुस्लिमका अगुवा नेता समसुद्दिन राईनसहितलाई सम्मान गरेको छ । मदर्शाको लगि जमिन खरिद देखि निर्माण सम्ममा योगदान दिएकोमा उनीहरुलाई सम्मान गरिएको आयेजकले जनाएको छ ।


सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले मदर्शा शिक्षालाई पनि राष्ट्रको मुलधारको शिक्षामा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । मदर्शामा अध्ययनरत विद्यार्थीले आर्जन गरेको शिक्षालाई सहज रुपमा इकुभाईलेन्ट दिएको खण्डमा उनीहरुपनि डाक्टर, इन्जिनियर बन्न सक्ने उनले बताए । उनले नगर भित्रका मदर्शाको भौतिक संरचना सुधारमा सहयोग गर्दै आएको दावि गरे ।


कार्यक्रममा जनकपुरधाम–८का वडाध्यक्ष सिंहले अफ्नो वडाको विकासको वजेट विनियोजनमा मेयर साहले विभेद गरेको आरोप लगाए । कार्यक्रममा अधिवक्त आलमले मदर्शा पनि शिक्षा आर्जनको माध्यम रहेकोले मदर्शाको भौतिक संरचनासहित पठन पाठनमा ध्यान दिन मेयर साहसँग आग्रहा गरे । सरकारबाट मान्यता प्राप्त मदर्शाको अनुगमन निरीक्षण तथा संरक्षण प्रर्वद्धन गर्ने दायिवत्व स्थानीय तहको रहेको अधिवक्ता आलमले बताए ।


मदर्शा मर्कजुद्दाराजतिस सुन्नीय गुलशने अजमेरीका अध्यक्ष सैनुल अन्सारीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल समाजवादी पार्टीका कार्यकारणी समितिका सदस्य मौलना इजरायल अहमद रिजवी, नेकपा एमालेका मधेश प्रदेश सदस्य हकिम राईन, मदर्शाका प्रधानध्यापक मोफ्ती सौकता, मुस्लिम नेता इब्राहिम राईन, समाजसेवि खुर्शैद खानसहितको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घोषण संचालन समाजसेवी तथा मुस्लिम नेता साजिद हुसेनले गरेका थिए ।

सम्बन्धित खबर