LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । निजि विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसान धनुषाले जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृति सम्बन्धि दिएको निर्देशन नमान्ने चेतावनी दिएका छन् ।

प्याब्सन, एनप्याब्सन तथा हिसानले सोमवार संयुक्त रुपमा पत्रकार सम्मेलन गरि उपमहानगरले छात्रवृति सम्बन्धमा दिएको निर्देशन नमान्ने चेतावनी दिएका हुन् । कुनै पार्टीको भातृ संगठनको दवाबमा आएर छात्रवृति सम्बन्धि उपमहानगरले यस्तो निर्णय गरेको ति संस्थाहरुले आरोप लगाएको छ ।
हिसानका धनुषा अध्यक्ष संजीव ठाकुरले जनकपुरधामको शैक्षिक संस्था तथा यहाँको शिक्षा स्तरलाई कमजोर पार्न उपमहानगर र नेवि संघ बिच भएको सम्झौता आफूहरुलाई मान्य नरहेको बताए । आफूहरु उपमहानगरको निर्णय मान्न तयार हुँदा हुँदै पनि उपमहानगरले आफूहरुसंग कुनै छलफल नै नगरी आफ्नै निर्णय पल्टाउनु आपत्तिजनक रहेको भन्दै ठाकुरले आक्रोश व्यक्त गरे ।

उनले भने ‘कक्षा ११ र १२का विद्यार्थीहरु छात्रवृति सम्बन्धमा शैक्षिक सत्र २०८१÷०८२मा उपमहानगरसंग छलफल गरेरै २०७४को ऐन अनुसार नामाङ्कन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरु लिन सकिने र पछि अनुगमन गर्ने सहमति नै भए अनुसार मिति २०८१÷०५÷१४ गते उपमहानगरपालिकाले नामावली सहित पत्राचार गरेको र सोही अनुसार गर्दै आए पनि नेपाल विद्यार्थी संघ धनुषाको दवाबमा पुनः मिति २०८१÷०७÷१४ गते फरक किसिमको निर्णय गर्नु आपत्तिजनक विषय हो ।’

मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्र कुमार साहले छात्रवृत्ति वितरण कार्यविधि २०७४’ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिन पाउने भनी एउटै स्थानीय तहले फरक फरक निर्णय गर्नु लज्जास्पद रहेको बताए । उनले उपमहानगरसंग सबै पक्षसंग छलफल गरेर आफ्नै कार्यविधि बनाउन माग समेत गरे ।
जनकपुरधामको शैक्षिक गुणस्तर बढिरहेको समयमा यहाँका शैक्षिक संस्थालाई धाराशायी बनाउने गरी गरिएको निर्णय आफूहरु मान्न तयार नरहेको उनको भनाई थियो ।

यता निजि विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरले पुरानै निर्णय अनुसार शुल्क निर्धारण नगरे सम्पूर्ण निजि विद्यालयहरु अनिश्चितकालकालागि ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित खबर