LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । निजि विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसान धनुषाले जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृति सम्बन्धि दिएको निर्देशन नमान्ने चेतावनी दिएका छन् ।

प्याब्सन, एनप्याब्सन तथा हिसानले सोमवार संयुक्त रुपमा पत्रकार सम्मेलन गरि उपमहानगरले छात्रवृति सम्बन्धमा दिएको निर्देशन नमान्ने चेतावनी दिएका हुन् । कुनै पार्टीको भातृ संगठनको दवाबमा आएर छात्रवृति सम्बन्धि उपमहानगरले यस्तो निर्णय गरेको ति संस्थाहरुले आरोप लगाएको छ ।
हिसानका धनुषा अध्यक्ष संजीव ठाकुरले जनकपुरधामको शैक्षिक संस्था तथा यहाँको शिक्षा स्तरलाई कमजोर पार्न उपमहानगर र नेवि संघ बिच भएको सम्झौता आफूहरुलाई मान्य नरहेको बताए । आफूहरु उपमहानगरको निर्णय मान्न तयार हुँदा हुँदै पनि उपमहानगरले आफूहरुसंग कुनै छलफल नै नगरी आफ्नै निर्णय पल्टाउनु आपत्तिजनक रहेको भन्दै ठाकुरले आक्रोश व्यक्त गरे ।

उनले भने ‘कक्षा ११ र १२का विद्यार्थीहरु छात्रवृति सम्बन्धमा शैक्षिक सत्र २०८१÷०८२मा उपमहानगरसंग छलफल गरेरै २०७४को ऐन अनुसार नामाङ्कन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरु लिन सकिने र पछि अनुगमन गर्ने सहमति नै भए अनुसार मिति २०८१÷०५÷१४ गते उपमहानगरपालिकाले नामावली सहित पत्राचार गरेको र सोही अनुसार गर्दै आए पनि नेपाल विद्यार्थी संघ धनुषाको दवाबमा पुनः मिति २०८१÷०७÷१४ गते फरक किसिमको निर्णय गर्नु आपत्तिजनक विषय हो ।’

मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्र कुमार साहले छात्रवृत्ति वितरण कार्यविधि २०७४’ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिन पाउने भनी एउटै स्थानीय तहले फरक फरक निर्णय गर्नु लज्जास्पद रहेको बताए । उनले उपमहानगरसंग सबै पक्षसंग छलफल गरेर आफ्नै कार्यविधि बनाउन माग समेत गरे ।
जनकपुरधामको शैक्षिक गुणस्तर बढिरहेको समयमा यहाँका शैक्षिक संस्थालाई धाराशायी बनाउने गरी गरिएको निर्णय आफूहरु मान्न तयार नरहेको उनको भनाई थियो ।

यता निजि विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरले पुरानै निर्णय अनुसार शुल्क निर्धारण नगरे सम्पूर्ण निजि विद्यालयहरु अनिश्चितकालकालागि ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित खबर