जनकपुरधाम । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले क्रसर व्यवसाय मुलुकको आर्थिक को लागि आवश्यक रहेको बताएका छन् ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको १० औ र ११ औ वार्षिक साधारण तथा महाधिवेशलाई शुक्रवार महोत्तरीको बर्दिवासमा सम्बोध गर्दै पुर्व मन्त्री समेत रहेका खाँनले यस्तो बताएका हुन् । उनले वर्र्तमान सरकारले पनि यो विषयलाई मध्यनजर गर्दै व्यवसायीहरुलाई नीतिगत रुपमा सहज गराउन आवश्यक रहेको बताए हुन् ।
कानुनबमोजिम दर्ता भएका उद्योगहरूलाई नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाईदिन उनले सरकारसँग आग्रहा समेत गरे । उनले सरकारबाट कानुनबमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउँदा राज्यको अर्थतन्त्र बलियो हुने दाबी गरे ।
सभापति खाँनले सुखी नेपाल र समृद्धि नेपालको परिकल्पना खानी र उद्योगको बिना सहज नहुने बताउँदै यसको प्रयोग भएको गर्न सरकारले काम गर्नुपर्ने बताएका छन् । उनले भने,“खेर गएको नदीजन्य सामाग्रीको प्रयोग कसरी गर्ने विषयमा हामीले आज ध्यान दिन सकेका छैनौँ । यसमा ध्यान दिदाँ राज्यलाई नै फाइदा हुन्छ।’’
उनले क्रसर व्यवसायीको समस्या सामाधन गर्ने सरकार अन्धो र बैरो रहेको समेत आरोप लगाए । उनले राज्यको अर्थनीतिले निजी क्षेत्रलाई निरुत्साहित गर्ने खालको आउँदा नीजि क्षेत्रलाई निरुत्साहित बनाएको बताए ।
कार्यक्रममा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले क्रसर व्यवसायको दीर्घकालीन विकासका लागि सरकारसँग सहकार्य आवश्यक रहेको बताए ।
अध्यक्ष न्यौपानेले क्रसर व्यवसायलाई गलत दृष्टिकोणले हेर्ने चलन हटाउन अपिल गर्दै भने, “क्रसर भनेको खोला उत्खन मात्र हो भन्ने सोच बदल्नुपर्छ। स्रोतसाधनको संरक्षण गर्न नसक्दा राज्यले अर्बौं घाटा बेहोर्नुपरेको छ।” उनले तीन तहका सरकारबिच समन्वय गरी प्रकृतिको संरक्षण र पूर्वाधार विकासमा हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए ।