LIVE
ठोकिएर मृत्यु भएका सशस्त्र प्रहरी सई यादवको विषय प्रदेश स्तरीय सुरक्षा वैठक | धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न | विवावह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु | एनपिएल आजदेखि, उदघाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै | गृहमन्त्री लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारी सोधे स्पष्टीकरण | गठबन्धन दल बीच सहमति भए मधेश सरकारको नेतृत्व काँग्रेसले लिन्छ ः सभापति देउवा | काँग्रेसका सभापति तथा पुर्व प्रम देउवा आज जनकपुर आउँदै | जनकपुरधामका निजी विद्यालयहरुको पठनपाठन आईतवार पनि बन्द रहने | ‘घुमौँ मधेश, बुझौँ मधेश’ को संयोजकमा ठाकुर नियुक्त |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृति पाएका विद्यार्थीहरुलाई निःशुल्क पढाउन निर्देशन दिएपछि जनकपुरधामका निजी विद्यालयहरुले त्यसको विरोध गर्दै पठनपाठन अवरुद्ध गरेको छ ।

उपमहानगरपालिकाले कक्षा ११ र ११ मा छात्रवृति पाएका विद्यार्थीसँग रजिटेशन शुल्क र परीक्षा शुल्क वाहेक अन्य कुनै शुल्क नलिन निर्देशन दिएपछि निजीविद्यालयहरुले त्यसके विरोधमा विगत एक सप्ताहदेखि पठनपाठन अवरुद्ध गरेको छ । बन्द रहेको संस्थागत विद्यालय खोलाउन तीन दिन वार्ता भएपछि आन्दोलनरत पक्ष नमानेपछि पठनपठान आईतवार पनि बन्द रहने भएको छ ।

शनिवार जनकपुरधाम उपमहानगरपलिका र आन्दोलनरत निजी विद्यालयहरुको छाता संगठन एनप्याबसन, प्याबसन र हिसान बीच भएको वार्ता बिना कुनै निष्कर्ष टुंगिएको छ । जनकपुरधामका नगरप्रमुख मनोज कुमार साहले निःशुल्क शिक्षामा पनि आन्दोलनरत पक्षले शुल्क लिन पाउनुपर्ने माग राखेकोले वार्ता निष्कर्षविहीन भएको बताए ।

नेपाल सरकारको शिक्षा ऐनको संस्थागत विद्यालयको छात्रवृति विवत्तरण कार्यविधि २०७५ मा छात्रविृति पाएका विद्यार्थीले निःशुल्क शिक्षाको व्यवस्था भएपनि यहाँका निजी विद्यालयहरुले शुल्क लिन पाउनुपर्ने माग राखेकोले त्यो स्वीकार नहुने उनले बताए । ऐन कानुन विपरित निर्णय गरेर आफुलाई अख्तियार जान नचाहेको उनले बताए ।

यता, एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दिपक ठाकुरले नगरपालिकाले भनेको जस्तो आफुहरु विद्यालय संचालन गर्न नसक्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यलयसँग विभेदभावपुर्ण व्यवहार गरेको उनले अरोप समेत लगाए ।

सामुदायिक विद्यालयहरुको निःशुल्क शिक्षाको निती लागु हुनुपर्ने बताउदै उनले भने,‘ उपमहानगरपालिकाले हामी संस्थागत विद्यालयलाई भन्छन, छात्रवृति पाएका विद्यार्थीलाई निःशुल्क शिक्षा दिन तर सामुदायिक विद्यालयहरुमा अझै शिक्षा निःशुल्क नभई परिक्षा वा अन्य शिर्षकमा विद्यार्थीहरुसँग पैसा असुल गरिरहेको छ ।’ उनले आफुहरुको माग पुरा नभए विद्यालयहरुको साँचो उपमहानगरपालिकालाई नै हस्तारण गरे विरोधको कार्यक्रमलाई अगाडी बढाउने चेतावनी दिए ।

सम्बन्धित खबर