LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् ।

सोमबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस सभापति देउवाले सत्ता गठबन्धन दलबीच सहमति भएपछि मधेशमा सरकार फेरिने बताएका हुन् । सभापति देउवाले सरकार परिवर्तन हुँदा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने पनि बताए ।

कांग्रेस धनुषाले आयोजना गरेको कार्यक्रममा सहभागि हुन जनकपुर आएका देउवाले कांग्रेस–एमालेबीचको गठबन्धन नटुट्ने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै देउवाले बीआरआईको रकम अनुदानमा लिनुपर्ने बताए । ‘बीआरआईको रकम ऋणमा नभई अनुदान लिनुपर्छ । हाम्रो स्पष्ट धारणा यही हो,’ उनले भने ।

लोकतान्त्रिक आन्दोलनमा जेलनेल भोगेका स्वर्गीय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न देउवा जनकपुर आएका हुन् ।

सम्बन्धित खबर