LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् ।

सोमबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस सभापति देउवाले सत्ता गठबन्धन दलबीच सहमति भएपछि मधेशमा सरकार फेरिने बताएका हुन् । सभापति देउवाले सरकार परिवर्तन हुँदा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने पनि बताए ।

कांग्रेस धनुषाले आयोजना गरेको कार्यक्रममा सहभागि हुन जनकपुर आएका देउवाले कांग्रेस–एमालेबीचको गठबन्धन नटुट्ने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै देउवाले बीआरआईको रकम अनुदानमा लिनुपर्ने बताए । ‘बीआरआईको रकम ऋणमा नभई अनुदान लिनुपर्छ । हाम्रो स्पष्ट धारणा यही हो,’ उनले भने ।

लोकतान्त्रिक आन्दोलनमा जेलनेल भोगेका स्वर्गीय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न देउवा जनकपुर आएका हुन् ।

सम्बन्धित खबर